पाकिस्तानमा यो कस्तो न्याय ? : सामूहिक बलात्कारका अपराधि गहुँ दिएर छुटे
सिंध – पाकिस्तानमा सामूहिक बलात्कारको मामिलामा स्थानीय आगुवाहरुको समूहले १२ सय किलो गहुँ तिरेर अपराधीलाई छुटाउने काम गरेका छन् । अचम्म लाग्दो विषय के छ भने यो पाकिस्तानको विकसित क्षेत्र सिन्ध सबूस्थित उमरकोटको नबी शाह इलाकाको हो । केही दिनअघि १४ वर्षकी पिडित बालिकाका दाईले थानामा यस मामिला दर्ता गराएका थिए । परिवारमाथि थोपरियो दबाब पिडितका बाबुका अनुसार बलात्कारको मुद्दा दर्ता भएपछि आरोपी पक्राउ परे । त्यसपछि उनलाई यो मामिला स्थानिय कमिटी जिरगाबाट टंूग्याउँन दबाब दिइयो । जिरगा यहाँका अगुवाहरुले चलाएको स्थानिय अदालत हो । पिडितको परिवारका अनुसार मुद्दाको सुनुवाई स्थानियहरुको उपस्थितीमा भयो । यस क्रममा १२ सय किलो गहूँ मुआब्जा स्वरुप आरोपीले पिडितलाई बुझाउने सहमति भयो । पिडितका बाबुका अनुसार स्थानिय मिडियाले यो घटनालाई उचालेपछि गाउँका वरिष्ठहरुले उनीहरुलाई चुप लाग्न धम्कीसमेत दिए । जिरगाले उनीहरुलाई मुद्दा फिर्ता लिन भन्इो । साथसाथै धम्की दियो कि मुआब्जा लिएर चुप नलाग्ने हो भने उनीहरुलाई इलाका छाडेर जान बाध्य पारिनेछ । घटना बढ्दै गएपछि मीरपुरका डिआईज्ी जावेद आलमले एसपीलाई घटनाको छानविन गर्न र पिडितलाई सुरक्षा दिन निर्देशन दिएका छन् । जावेद आलमले कुनै जिरगा बैठकका विषयमा आफूलाई जानकारी नभएको बताएका छन् । पाकिस्तानको अदालतले जिरगालाई गैरकानूनी ठहर गरेको छ । अदालतको निर्णयका बाबजुद अझै पनि दुगर्म क्षेत्रमा यस्तो स्थानिय अदालत चल्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण