बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

साथीलाई बचाउन सिंहसँग एक्लै भिड्यो अर्ना (फोटोफिचर)

सोमबार, २२ चैत २०७२, १९ : २२
सोमबार, २२ चैत २०७२

दक्षिण अफ्रिकामा एउटा बहादुर अर्नाले आफ्नो साथीलाई जोगाउन जंगलको राजा मानिएको सिंहसँग एक्ले भिड्न पुगेको छ । आफ्नो एक साथीलाई सिंहले आहार बनाउने खोजेको देखेपछि सिंहसँग जुध्नका लागि अर्ना सरेको थियो । यसअघि सिंहहरुले उसको साथीलाई घाइते बनाएर आहारा बनाउन खोजेको थियो । अर्नाले आफ्नो साथिलाई जोगाउन हरसंभव प्रयास गर्यो । त्यसक्रममा उसले आफ्नो तिखो सिंगले एउटा सिंहको खुट्टामा चोट नै लगाइदियो । त्यस्तै अर्को सिंहलाई घुमाएर फालिलियो । तर बहादुर अर्नाले आफ्नो साथिलाई जोगउन सकेन किनकी थुप्रै सिंहहरुको आक्रमणका कारण अर्को अर्ना नराम्ररी घाइते भइसकेको थियो । घाइते अर्नालाई अन्य थुप्रै सिंहले नराम्ररी लुछेका थिए । त्यो दृश्य हेर्न नसकेपछि एक अर्ना आफ्नो साथिलाई जोगाउन अघि सर्यो । एउटा सिंहले त्यस अर्नालाई पनि शिकार बनायो खोज्यो । तर, रिसको झोकमा रहेको अर्नाले सिंहलाई आफ्नो सिंगको मद्दतले नराम्ररी पर्छायो । त्यसपछि केही सिंहहरुले आक्रमण थाले । ब्राजिली फोटोग्राफर मारिएन्जला माटाराज्जो लिले यसलाई आप्mनो क्यामेरामा कैद गरे । उनी आफ्नो परिवारसँग घुम्दै थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप