अपडेट : विवाद मिल्यो, बारको मतगणना सुरु
काठमाडौँ — नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिको मतगणना मङ्गलबार बिहान ९ बजेदेखि सुरु हुने भनिएपनि मतपेटिकामा विवाद देखिएपछि ढिला गरी शुरु भएको छ । सप्तरीको मतपेटिकामा नामको विवाद देखिएपछि मतगणना शुरु हुनमा ढिलाइ भएको हो । विवाद मिलाउन चुनावी मैदानमा उत्रिएका प्रगतिशील र लोकतान्त्रिक प्यानलका प्रतिनिधिबीच छलफल भएको थियो । बिहान ९ बजे शुरु हुने भनिएको मतगणना ११ बजेलाई सारिएको थियो । विवाद मिलेपछि मतगणना शुरु गर्ने निर्णय गरिएको हो । नयाँ कार्यसमितिका लागि शनिबार ३३ निर्वाचन केन्द्रबाट निर्वाचनको मतपेटिका काठमाडौँ सुरक्षित रुपमा आइपुगेको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत हरिशङ्कर निरौलाले जानकारी दिए । निरौलाका अनुसार सर्वोच्च अदालतको परिसरमा आठ मतगणना केन्द्रको व्यवस्था गरिएको छ । मतगणना गर्न कम्तीमा चार पाँच दिन लाग्ने अनुमान गरिएको छ ।
पदाधिकारीसहित २५ सदस्यीय नयाँ कार्यसमितिका लागि ७१ जनाको उम्मेदवारी परेको थियो । मतदाता नौ हजार ५२२ मध्ये सात हजार ८४५ मत खसेको थियो । काठमाडौँ मतदान केन्द्रमा पाँच हजार ८६२ मतमध्ये चार हजार ५९२ मत खसेको थियो । बारको नयाँ नेतृत्वका लागि विशेषगरी प्रगतिशील र लोकतान्त्रिक समूहबीच प्रतिस्पर्धा भएको छ । प्रगतिशीलको नेतृत्व विजयकान्त मैनालीले र लोकतान्त्रिकको नेतृत्व शेरबहादुर केसीले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण