दुर्घटनामा प्रहरीको मृत्यु
मङ्गलबार, २३ चैत २०७२, ११ : २९
इनरुवा - पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको श्रीपुरजब्दी–६ कोसी कटान क्षेत्रमा सोमबार राति नम्बर नखुलेको सवारी साधनले मोटरसाइकललाई ठक्कर दिँदा एक ट्राफिक प्रहरी जवानको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को५प ७७३० नंको मोटरसाइकललाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका ट्राफिक प्रहरी जवान पङ्कज यादवको मृत्यु भएको हो । सप्तरी, जोगिनिया गाविस–६ घर भएका यादवको जिम्मेवारी खटिँदा दुर्घटनामा परी ज्यान गएको हो । यादवको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण