बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय

अरुण सिंघानियाको हत्यामा समेत संजय शाहको कनेक्सन, जनकपुर झिकाइयो

मङ्गलबार, २३ चैत २०७२, १३ : २८
मङ्गलबार, २३ चैत २०७२

जनकपुरधाम– विभिन्न आपराधिक घटनाका अभियुक्त निलम्बित सांसद सञ्जयकुमार साहलाई सञ्चार उद्यमी अरुण सिंघानियाको हत्या घटनामा पनि दोषी देखिएका सन्दर्भमा अनुसन्धानका लागि जनकपुर ल्याइएको छ ।

सिंघानिया हत्याका योजनाकार भनी पक्राउ परेका चनरदीप यादवले दिएको बयानका आधारमा साहलाई काठमाडौँबाट यहाँ ल्याइएको हो । विसं २०६६ फागुन १७ गते सिंघानियालाई हतियारधारी समूहले गोली प्रहार गरी हत्या गरेको थियो ।

यही चैत १७ गते यादव जनकपुरबाट पक्राउ परेपछि बयानका क्रममा सिंघानिया हत्याका योजनाकार साह भएको बताइएको आधारमा घटनाको थप अनुसन्धानका लागि साहलाई यहाँ ल्याइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

साह रामानन्द चोक बमकाण्ड र हातहतियारसम्बन्धी अपराधका पनि अभियुक्त हुन् । यसअघि साहलाई प्रहरी हिरासतमा काठमाडौँमा राखी अनुसन्धान भइरहेको थियो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप