निर्माण सम्पन्न हुँदै हेलम्बुका पाँच सय वर्ष भन्दा पुराना गुम्बाहरू

समाचार सारांश
- सिन्धुपाल्चोकमा पुनर्निर्माण भएका ऐतिहासिक गुम्बाहरूको निरीक्षण लुम्बिनी विकास कोषका उपाध्यक्षलगायतले गरेका छन्।
- २०७२ सालको भूकम्पले क्षतिग्रस्त गुम्बाहरू भारत सरकारको सहयोग र पुनर्निर्माण प्राधिकरणको सहकार्यमा पुनः निर्माण भएका हुन्।
- चिरी, तार्के घ्याङ र शेर्माथाङ गुम्बाहरू अन्तिम चरणमा पुगेका छन्, जसले पर्यटन प्रवर्द्धन र स्थानीयको जीवनमा सकारात्मक प्रभाव पार्नेछ।
सिन्धुपाल्चोक । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमेछिरिङ), भारतीय दूतावासका प्रतिनिधि नारायण सिंह, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रतिनिधिसहितले हालै सिन्धुपाल्चोकमा निर्माण भएर अन्तिम चरणमा पुगेका गुम्बाहरूको निरीक्षण गरेका छन् ।
पाँच सय वर्ष भन्दा पुराना ऐतिहासिक गुम्बाहरू ०७२ सालको महाभूकम्पबाट पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए । पर्यटकीय महत्त्व बोकेका गुम्बाहरू निर्माण नहुँदा त्यहाँका स्थानीयहरूले त्यसको प्रत्येक असर भोग्नु परेको थियो ।
पर्यटन क्षेत्रमा मात्र नभई जन्मदेखि मृत्यु संस्कारसम्म बौद्ध धर्मावलम्बीहरूको सम्बन्ध जोडिएको पवित्र गुम्बाहरू भत्किदा धार्मिक क्षेत्रमा प्रत्यक्ष असर पुगेको थियो । भूकम्पपछि करिब १० वर्षको निरन्तर सक्रियताबाट लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामाले गुम्बा निर्माण कार्य सम्पन्न गर्ने अन्तिम चरणमा पुर्याएका हुन् ।
भारत सरकारको सहयोग तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण राष्ट्रियस्तरको भवन निर्माण एकाइले आज भन्दा पाँच वर्ष अघि १४ अक्टोबर २०२० मा ठेक्का आह्वान गरेर गुम्बाहरूको पुनर्निर्माण कार्यको सुरुवात गरेको थियो ।
गुम्बा पुनर्निर्माणका लागि भारत सरकारले प्रत्येक गुम्बालाई १० करोडभन्दा बढी रकम विनियोजन गरेको भएपनि नेपाल सरकारले ठेक्का आह्वान गर्दा घटेर चिरी गुम्बा ६ करोड ४५ लाख, शेर्माथाङ गुम्बा पाँच करोड ५० लाख र तार्के घ्याङ गुम्बा करिब ७ करोडमा ठेक्का सम्झौता भएको थियो ।
हाल हेलम्बु गाउँपालिकाको चिरी गुम्बा, तार्के घ्याङ गुम्बा र शेर्माथाङ लगायत सिन्धुपाल्चोकका तीन पौराणिक गुम्बाको निर्माण कार्य अन्तिम चरणमा पुगेका छ ।
हेलम्बु गाउँपालिकामा निर्माणाधीन तीन पौराणिक गुम्बामध्ये चिरी गुम्बा व्यवस्थापन समितिका अध्यक्ष सितार लामाको अनुसार चिरी गुम्बामा गजुर राख्ने, गुम्बाभित्र मूर्ति प्रतिस्थापन गर्ने, फिनिसिङ, पेन्टिङ र विभिन्न कलाकृतिको काम सम्पन्न भएर निर्माण कार्यको अन्तिम चरणमा रहेको छ ।
चिरी गुम्बा निर्माण सम्पन्न भएपछि झन्डै एक सय ५८ घरधुरी सहभागी भएर वार्षिक झन्डै आधा दर्जन भन्दा बढी लामो तथा छोटो अवधिको नियमित पूजा सम्पन्न गर्ने स्थानीयले बताए ।
स्थानीयका अनुसार गुम्बा निर्माणपछि विदेशी पर्यटकहरू ध्यान तथा पूजा कार्यक्रममा सहभागी भएर लामो अवधिसम्म यस गाउँमा रहेन छन् । यसबाट पर्यटन प्रवर्द्धन र विकासमा टेवा पुग्ने विश्वास लिइएको छ ।
त्यस्तै तार्केघ्याङ गुम्बा करिब सात करोडमा ठेक्का सम्झौता भए अनुसार निर्माण कार्यको अन्तिम चरण रहेको तार्केघ्याङ गुम्बाका प्रमुख लामा कृसङ्ग लामाले बताए । उनका अनुसार तार्केघ्याङ गुम्बाको प्राङ्गण निर्माण र केही कलाकृतिको कामको ठेक्का सम्झौतामा छुट भएका कारण केही ढिला भएपनि निर्माण कार्य सम्पन्न हुन लागेको छ ।
त्यस्तै शेर्माथाङ गुम्बा निर्माणमा पाँच करोड ५० लाख सम्झौता भए अनुसार सबै निर्माणको अन्तिम चरणमा रहेको शेर्माथाङ गुम्बाका प्रमुख लामा सार्की लामाले बताए । उनका अनुसार हेलम्बुमा पुनर्निर्माण भइरहेका ऐतिहासिक गुम्बा पाँच सय वर्ष पुराना हुन् ।
यी गुम्बा पुरातत्त्व विभागले दिएको डिजाइन अनुसार प्राचीन शैलीमै पुनःनिर्माण गरिएको छ । अग्राख काठ, चुनासुर्की र ढुंगामाटो प्रयोग गरेर निर्माण गरिएका गुम्बा भूकम्प प्रतिरोधात्मक छन् ।
हाल हेलम्बुका गुम्बाहरुमा साना तथा ठुला गरी पुरातात्त्विक दर्जनौँ बुद्धको मूर्ति रहेका छन् । भूकम्पले गुम्बा ढलेपछि मूर्ति तथा महत्त्वपूर्ण सामग्रीसहितको धार्मिक ग्रन्थहरू छेवैका टहरामा राखिएका थिए । गुम्बाहरूको पुनः निर्माणले हेलम्बुका स्थानीयहरू खुसी भएका छन् भने पर्यटकहरू उत्साहित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादी केन्द्रमा प्रवेश
-
युनेस्को प्रमुख र मन्त्री पाण्डेबिच भेटवार्ता : लुम्बिनीबारे छलफल
-
शव बोकेर काठमाडौँ आउँदै गरेको एम्बुलेन्स रामेछापमा दुर्घटना
-
पतञ्जलीको जग्गासम्बन्धी छानबिनबाट पछि हट्यो लेखा समिति
-
सहकारीबाट लिएको ऋण नतिरेपछि एमाले नेता अर्याल पक्राउ
-
४६ वर्षको उमेरमा बक्सिङ रिङमा फर्कँदैछन् फिलिपिन्सका पूर्व सांसद मानी