बागमती प्रदेशसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
मकवानपुर । बागमती प्रदेशसभा बैठक आज बस्दै छ । प्रदेशसभा सचिवालय हेटौँडामा बिहान ११ बजे प्रदेशसभा बैठक बस्नेछ ।
सरकारको आगामी आर्थिक वर्ष २०८२–०८३ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्न बैठक बस्ने भएको हो । बुधबारबाट सुरु भएको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलले आज बिहीबारको बैठकमा पनि निरन्तरता पाउनेछ ।
बैठकमा सरकारको आगामी बजेट कार्यक्रम र नीतिका विषयमा सांसदहरूले धारणा राख्नेछन् । बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता माथिको छलफल सकेर आज नै टुङ्ग्याउने तयारी रहेको छ । बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता माथिको छलफलमा सांसदहरूले उठाएको प्रश्न माथि आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले जवाफ दिनेछन् । उनको जवाफ पश्चात् विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतालाई टुङ्ग्याउने प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।
उनका अनुसार बिहीबारको बैठकमा प्रदेशसभामा पेस भएको चलचित्र सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संसदमा टेबुल गर्ने कार्यसूची रहेको छ । बैठकमा संसदीय समितिमा विचाराधीन ४ विधेयक माथि पनि छलफल गर्ने कार्यसूची रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण