बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय

गाजा युद्ध रोक्न नेतन्याहुले राखे यस्तो शर्त

बिहीबार, ०८ जेठ २०८२, १० : ५६
बिहीबार, ०८ जेठ २०८२

समाचार सारांश

  • इजरायली प्रधानमन्त्री नेतन्याहुले इजरायलको सुरक्षा सुनिश्चित भए युद्ध अन्त्यको प्रस्ताव राखेका छन्।
  • उनले हमासको आत्मसमर्पण, बन्धकहरूको रिहाइ, र हमास नेतृत्वको गाजाबाट निष्कासन लगायतका शर्तहरू अघि सारेका छन्।

तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायलको सुरक्षा सुनिश्चित गर्ने परिस्थितिमा युद्ध अन्त्य गर्न आफू तयार रहेको बताएका छन् । तर यसका लागि उनले शर्त तेर्साएका छन् ।

यी शर्तमा सबै इजरायली बन्धकहरूको रिहाइ र हमासको आत्मसमर्पण समावेश छ । यसबाहेक नेतान्याहूले हमास नेतृत्वलाई गाजाबाट निष्कासन गरिनुपर्ने र सम्पूर्ण क्षेत्र हतियारमुक्त हुनुपर्ने शर्त पनि राखेका छन् । 

‘गाजा छोड्न चाहनेहरूले त्यसो गर्न सक्नेछन्,’ उनले भने । इजरायलसँग युद्ध अन्त्य गर्न माग गर्नेहरू वास्तवमा हमासले गाजामा शासन गरिराखोस् भन्ने चाहने पनि उनले बताए ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायल र गाजाबिचको द्वन्द्व सुरु भएदेखि गाजामा ५३ हजारभन्दा बढी मानिस मारिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप