गाजा युद्ध रोक्न नेतन्याहुले राखे यस्तो शर्त
बिहीबार, ०८ जेठ २०८२, १० : ५६
सारांश
- इजरायली प्रधानमन्त्री नेतन्याहुले इजरायलको सुरक्षा सुनिश्चित भए युद्ध अन्त्यको प्रस्ताव राखेका छन्।
- उनले हमासको आत्मसमर्पण, बन्धकहरूको रिहाइ, र हमास नेतृत्वको गाजाबाट निष्कासन लगायतका शर्तहरू अघि सारेका छन्।
तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायलको सुरक्षा सुनिश्चित गर्ने परिस्थितिमा युद्ध अन्त्य गर्न आफू तयार रहेको बताएका छन् । तर यसका लागि उनले शर्त तेर्साएका छन् ।
यी शर्तमा सबै इजरायली बन्धकहरूको रिहाइ र हमासको आत्मसमर्पण समावेश छ । यसबाहेक नेतान्याहूले हमास नेतृत्वलाई गाजाबाट निष्कासन गरिनुपर्ने र सम्पूर्ण क्षेत्र हतियारमुक्त हुनुपर्ने शर्त पनि राखेका छन् ।
‘गाजा छोड्न चाहनेहरूले त्यसो गर्न सक्नेछन्,’ उनले भने । इजरायलसँग युद्ध अन्त्य गर्न माग गर्नेहरू वास्तवमा हमासले गाजामा शासन गरिराखोस् भन्ने चाहने पनि उनले बताए ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायल र गाजाबिचको द्वन्द्व सुरु भएदेखि गाजामा ५३ हजारभन्दा बढी मानिस मारिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण