३० वर्ष पुग्नु भो ? खानपिनमा गरिहाल्नुस् यी परिवर्तन
सारांश
- ३० वर्षपछि स्वस्थ जीवनशैलीका लागि आहारमा ध्यान दिनुपर्ने कुराहरू उल्लेख गरिएको छ। फाइबर, क्याल्सियम, ओमेगा-३ र स्वस्थकर खानेकुराको सेवन गर्नुपर्छ।
- हड्डी बलियो बनाउन क्याल्सियम र भिटामिन डी आवश्यक छ, जुन दुग्धजन्य पदार्थमा पाइन्छ। छालालाई जवान राख्न कोलाजेनको महत्त्वबारे बताइएको छ।
- सफा खाना खानुपर्छ, प्रशोधित खानेकुरा र धेरै नुन भएको खानाबाट टाढा रहनुपर्छ। दैनिक पर्याप्त पानी पिउनुपर्ने सुझाव छ।
काठमाडौँ । बुढ्यौली एक यस्तो प्रक्रिया हो जसलाई हामी सुस्त त बनाउन सक्छौँ, तर रोक्न सक्दैनौँ । तर हामीले गर्न सक्ने एउटा कुरा छ र त्यो हो बुढ्यौलीलाई स्वस्थ बनाउने ।
केही यस्ता कुराहरू छन् जुन हामीले ३० वर्षको उमेरदेखि गर्न थाल्यौँ भने उमेर बित्दै जाँदा हाम्रो लागि धेरै सजिलो हुन सक्छ । ३० वर्षको उमेर पछि आफ्नो आहारको ख्याल राख्न सक्यौँ र नियमित व्यायाम गरियो हामी आफ्नो उमेरभन्दा १० वर्ष कान्छो महसुस गर्न सक्छौँ ।
आजको यस लेखमा हामी बुढ्यौलीलाई स्वस्थ बनाउन ३० वर्षपछि आफ्नो आहारमा के कस्ता परिवर्तन गर्नुपर्छ भन्नेबारे कुराकानी गर्नेछौँ ।
प्रशस्त मात्रामा फाइबर खाने:
फाइबरले खाना राम्रोसँग पचाउन मद्दत गर्छ । ३० वर्ष उमेर पार गरेपछि हाम्रो मेटाबोलिज्म सुस्त हुन थाल्छ । ओटमिल, अजवाइन, नासपाती, दाल र पातदार तरकारीहरू फाइबरले भरिपूर्ण केही चीजहरू हुन् । मुटु रोग, स्ट्रोक, टाइप २ मधुमेह र कोलोरेक्टल क्यान्सरको जोखिम कम गर्न पनि फाइबर आवश्यक मानिन्छ ।
साह्रो आहारबाट टाढा रहने
साह्रो आहार धेरै आकर्षक देखिन सक्छ । तर तिनीहरूका केही साइड इफेक्ट पनि छन् । ३० वर्ष पछि, यस्ता साह्रो आहारहरूको सट्टा स्वस्थ खानामा ध्यान केन्द्रित गर्नुपर्छ ।
खानामा क्याल्सियम र ओमेगा–३ समावेश गर्ने
३५ वर्षको उमेर पछि हड्डीको घनत्व घट्न थाल्छ । त्यसैले, आफ्नो खानामा क्याल्सियम समावेश गर्नुहोस् । ३० वर्षको उमेरपछि महिलाहरूमा हड्डीको ख्याल राख्नु चिन्ताको विषय हुन्छ । यो उमेर पुगेका महिलाहरूमा हड्डीसम्बन्धी समस्या देखिन थाल्छ । त्यसैले हड्डी बलियो बनाउन खानामा क्याल्सियम र भिटामिन डी समावेश गर्न जरुरी हुन्छ । यी दुवै कुरा दुग्धजन्य पदार्थमा पाइन्छ । यसबाहेक, आफ्नो आहारमा ओमेगा–३ समावेश गर्नुहोस् । ओमेगा–३ फ्याटी एसिड र भिटामिन बी६ युक्त पौष्टिक तत्त्वले भरिपूर्ण खानेकुराहरू सेवन गर्नुहोस्
सफा र स्वास्थ्यकर खाना खानुहोस्
हर्माेनको स्तर सन्तुलनमा राख्न आफ्नो खानामा स्वास्थ्यकर चीजहरू समावेश गर्नुहोस् । उमेर बढ्दै जाँदा महिलाहरूले हार्माेनल असंतुलनको सामना गर्छन् । प्रशोधित खानेकुराको सेवन कम गर्नुहोस् । धेरै नुन भएको खानाबाट पनि टाढा रहनुहोस् ।
कोलेजनलाई ध्यान दिनुस्
कोलेजन एक धेरै महत्त्वपूर्ण प्रोटिन हो जुन छाला र जोर्नीहरूको लागि लाभदायक मानिन्छ । उमेर बढ्दै जाँदा शरीरमा कोलेजनको उत्पादन घट्दै जान्छ । छालालाई जवान राख्न कोलाजेन धेरै महत्त्वपूर्ण मानिन्छ ।
सकेसम्म धेरै पानी पिउनुहोस्
३० वर्ष पछि दैनिक १० देखि १२ गिलास पानी पिउने प्रयास गर्नुहोस् । यसका साथै नरिवल पानी र ग्रीन टीको सेवन गर्नुहोस् ।
अस्वीकरणः यहाँ दिइएका सल्लाह अनलाइनबाट तयार पारिएको हो । यसले सामान्य जानकारी मात्रै दिन्छ । यसलाई पालना गर्नु अघि आफ्नो चिकित्सकसँग परामर्श गर्नु होला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण