अर्थ
सुनको मूल्य थप बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
बिहीबार, ०८ जेठ २०८२, १० : ३८
सारांश
- बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रति तोला १,७०० रुपैयाँले बढेको छ।
- छापावाल सुनको मूल्य १ लाख ९१ हजार ५०० रुपैयाँ पुगेको छ, बुधबारको तुलनामा वृद्धि भएको हो।
- चाँदीको मूल्य पनि बढेर प्रति तोला २,०२५ रुपैयाँ पुगेको छ।
काठमाडौँ । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ वृद्धि भएको हो ।
जसअनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ५०० रुपैयाँ पुगेको छ । बुधवार छापावाल सुन १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको थियो । बुधवार पनि छापावाल सुन अघिल्लो दिनको तुलनामा ५ हजार रुपैयाँ बढेको थियो ।
यसैबिच चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर २ हजार २५ रुपैयाँ कायम भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण