स्थानीय निकायका तीन सङ्घ एक हुँदै
काठमाडौँ-स्थानीय निकायमा क्रियाशील पेसाकर्मीको पेसागत हक अधिकार सेवा सुरक्षालगायतको आधारभूत विषयवस्तुको सम्बोधनका लागि तीन सङ्घ एक हुने भएका छन् ।
एकीकृत तथा साङ्गठनिक रुपमा अगाडि बढ्नको लागि गाविस कर्मचारी सङ्घ, नेपाल नगरपालिका एसोसिएसन र कर्मचारी सङ्घ नेपाल एक हुने भएको संयुक्तरुपमा प्रेस विज्ञप्ति उल्लेख छ ।
यसरी फरक÷फरक सङ्घ एक हुँदा स्थानीय निकायको सेवा प्रवाहलाई व्यवस्थापन गर्न र समग्र कर्मचारीको विद्यमान पेसागत समस्यालाई समेत समाधान गर्न सकिने कर्मचारी सङ्घ नेपालका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिए ।
एकीकरण प्रक्रियालाई मूर्तरुप दिनका लागि तीनवटै सङ्गठनका पदाधिकारी सम्मिलित २५ सदस्यीय कार्यदलसमेत गठन गरेको छ । एकताको महाधिवेशन गर्नको लागि केही समय लाग्ने भएको हुँदा स्थानीय निकाय कर्मचारी सङ्घको यही चैत २५ र २६ गतेका लागि निर्धारण गरेको चौँथो राष्ट्रिय महाधिवेशन समेत हाल स्थगित भएको पनि जारी विज्ञप्तिमा उल्लेख छ ।
एकीकरण घोषणासभा आगामी वैशाख १९ हुने पनि जानकारी गराइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण