माइजूबाट बेचिन लागेकी १२ वर्षीया किशोरीको यसरी गरियो सीमानाकाबाट उद्धार
चितवन-माइजूले भान्जी बेच्न भारत पु¥याउँछिन्भन्दा तपाईंलाई अच्चम्म लाग्ला तर, चितवनमा यस्तै घटना भएको छ ।
चितवनको काउले गाविसकी १२ वर्षीया शर्मिला चेपाङलाई आफ्नै माइजू विष्णुमाया श्रेष्ठ र उनका दाजु चन्दबहादुर मिलेर भारतमा बेच्नका लागि महेन्द्रनगरसम्म पु¥याए ।
चितवनबाट गोर्खा पु¥याएर पुनःनारायाणगढ हुँदै भारतीय नाका महेन्द्रनगरको गड्डा चौकी पुगेपछि माइती नेपालको सहयोगमा प्रहरीले किशोरीको उद्धार गरेको छ ।
चितवनको विकट पहाडी क्षेत्र काउलेमा बस्दै आएकी किशोरीको सिमानाबाट उद्धार गरेपछि यस्तो रहस्य खुलेको हो । बुबा दिलबहादुर चेपाङका साथमा बस्दै आएकी शर्मिलासँग तीन दिदी बहिनी र एक भाइ छन् ।
गोर्खा जिल्ला बुङ्कोटकी विष्णुमाया श्रेष्ठको शर्मिलाको मामासँग विवाह भएको थियो । माइजू र भान्जीको सम्बन्ध निकै नजिक थियो । एक दिन माइजूले भान्जी शर्मिलालाई आफ्नो दाजुसँग विवाहको प्रस्ताव राखिन् ।
माइजूले अनेक कुराको प्रलोभनमा पार्दै विवाह गर्न दबाब दिएपछि विवाहित चन्द्रबहादुरसँग विवाह भएको थियो ।
गत चैत १७ गते बिहानै उनलाई लिएर माइजू र चन्द्रबहादुर गोर्खा गएका थिए । गोर्खा पुगेपछि भारत जाने, उतै जागिर खाने भन्ने योजना चन्द्रबहादुरले बुने । बाह्र वर्षीया शर्मिलाले सबै कुरा सहजै पत्याइन् ।
चैत १७ गते बिहानै चन्द्रबहादुर र शर्मिला गोर्खाबाट नारायणगढ आए । साँझ महेन्द्रनगरका लागि बस चढेर हिडेपछि चन्द्रबहादुरले आफूलाई बाटोमा बोल्ने कुरा सिकाएको पीडित शर्मिलाले आज पत्रकारलाई बताइन् । केही ठाउँमा भएको जाँचमा बहिनी भएको बताउन आग्रहसमेत गरेको बताइन् ।
चैत १८ गते भारत जान लागेकाबेला भेटेपछि माइती नेपालमा आबद्ध महिलाले बाटोमा रोकेर सोधेपछि उनी बेचिन लागेको थाहा पाएकाले फर्काएको माइती नेपाल चितवनका क्षेत्रीय संयोजक युवराज दबाडीले बताए ।
माइती नेपालमार्फत महेन्द्रनगर प्रहरीमा आएकी उनलाई मिलापत्र गर्ने काम भएकाले न्याय नपाएको भन्दै पुनः पीडित परिवार चितवन जिल्ला प्रहरी कार्यालय आइपुगेको छ । शर्मिला काकी दिलु चेपाङले कञ्चनपुरमा प्रहरीबाटै न्याय नपाएकाले पुनःचितवनमा आएर न्याय खोज्न थालेको पत्रकारलाई बताए ।
आज माइती नेपाल चितवनको सहयोगमा पीडितले माइजू विष्णुमाया र विष्णुमायाका दाजु चन्द्रबहादुरविरुद्ध किटानी जाहेरी दिन लागेको माइती नेपालका संयोजक युवराज दबाडीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण