अर्काको नाममा परीक्षा दिने पक्राउ
बिहीबार, २५ चैत २०७२, १६ : ५९
मोरङ-मोरङको कोसी हरैचा–९ स्थित शिक्षा निकेतन माविबाट आज प्रहरीले अर्काको नाममा परीक्षा दिने एकजनालाई पक्राउ गरेको छ ।
पूर्वाञ्चल क्षेत्रीय अनुसन्धान समूहबाट खटिएको प्रहरीले दिएको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीले सुनसरी धरान–१७ बस्ने २४ वर्षीय विक्रम लावतीलाई धरान नगरपालिका–१७ बस्ने त्रिलोचन राईको नामबाट परीक्षा दिँदै गरेको अवस्थामा आज बिहान पक्राउ गरेको हो ।
उक्त कार्यालयबाट खटी गएको प्रहरी टोलीले लावतीलाई कोसी हरैचा–८ स्थित मृगौलिया उच्च माविका छात्र रहेका राईको नामबाट परीक्षा दिँदै गरेको अवस्थामा फेला पारेको थियो । लावतीलाई आवश्यक अनुसन्धानपछि शिक्षा ऐन, २०२८ अन्तर्गत कारबाही चलाइने इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण