बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

जहाँ ९ वर्षदेखि हुन सकेन विवाह : विवाह गर्न नमानेको भन्दै महिलाविरुद्ध प्रर्दशनमा उत्रिए पुरुषहरु

सोमबार, २९ चैत २०७२, १५ : ०२
सोमबार, २९ चैत २०७२

(एजेन्सी) आफूहरुको विवाह प्रस्ताव लगातार रुपमा महिलाहरु अस्विकार गरेको भन्दै टर्कीको उज्मुला गाउँका एकल पुरुषहरु प्रदर्शनमा उत्रिएका छन् । मिडिया रिपोर्टका अनुसार उक्त गाउँमा महिलाहरु त्यही गाउँमा बस्न नपरोस् भनेर त्यहाँका पुरुषहरुको विवाह प्रस्ताव अस्विकार गर्ने गरेका छन् । पुरुष भने महिलाको त्यस्तो सोचाईं वाहियात रहेको बताउँछन् । उक्त गाउँमा विवाह नभएको ९ वर्ष भइसकेको छ । करिब ४ सय जनसंख्या रहेको गाउँमा अहिले जनसंख्या घटेर २ सय ३३ पुगेको छ । गाउँका मेयर मुस्तफा बसबिलानका अनुसार गाउँका अधिकांश महिला त्यहाँबाट इस्तानबुल र अन्काराजस्ता सहर पुग्ने गरेको बताउँछन् । यता, पुरुषहरु भने पैतृक सम्पत्तिका रुपमा रहेको खेतीबारी सम्हाल्दै गाउँमै बस्न बाध्य रहेका छन् । उनीहरु आर्थिक रुपमा सबल नै भए पनि विवाह गर्नका लागि दुलही नपाएकोमा दुःखी छन् । पछिल्लो समय गाउँका करिब २५ जना पुरुषहरु गाउँका महिलाले गाउँकै पुरुषसँग विवाह गर्नुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिए । यसरी प्रदर्शन गर्नेमा २५ देखि ४५ उमेर समूहका थिए । उनीहरुले टर्कीका राष्ट्रपति रेसेप टायिप एरडोगनलाई पनि सहयोगको अपिल गरेका छन् । महिलाले तीनवटा बच्चा मात्र पाउनुपर्ने सुझाव दिएका कारण राष्ट्रपति एरडोगनले पछिल्लो समय आलोचना खेपिराख्नुपरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप