‘विकिनी एयरलाइन्स’ बाट भियतनामको पहिलो महिला अर्बपति
(एजेन्सी) भियत जेट एयर, भियतनामको एकमात्र निजी क्षेत्रको एयरलाइन्स हो । यो एयरलाइन्सले अपनाएको नौलो तरिकाले निकै चर्चा कमाइरहेको छ । यसका विमानका एयरहोस्टेजहरु सबै बिकिनी मात्र लगाएर विमानका यात्रुको स्वागत र सेवा गर्छन् । त्यतिमात्र होइन उनीहरु विमानमै नृत्य पनि प्रस्तुत गर्छन् । उनीहरुको यो प्रबद्र्धन गर्ने योजनाले निकै चर्चा कमाएको छ भने फाइदा पनि त्यतिकै भइरहेको छ । यसको आलोचना गर्नेहरु पनि नभएका भने होइनन् । यस्ता ‘बिकिनी’ प्रस्तुतिहरु हरेक फ्लाइटमा हुने गर्छन् । सन् २०१२ मा होची मिन सहरदेखि न्हा ट्राङ सहरमा गरिएको उडानको दौरान पहिलो पटक यस्तो प्रस्तुति गरिएको एबिसी न्युजको रिपोर्टमा उल्लेख छ ।
त्यबेलाको भिडियो र तस्विर सार्वजनिक भएपछि भियतनामाको उड्डयन प्राधिकरणले विमानसँग १ हजार डलर जरिवाना समेत लिएको थियो । यद्यपि, निश्चित उचाइँमा पुगेर गरिने यो ३ मिनेटको प्रस्तृति सुरक्षित हुने बताउँदै पछि यसलाई निरन्तरता दिइएको थियो । यस विमानकी सञ्चालक पनि महिला नै रहेकी छिन् । थि फुयोङ थायो नाम गरेकी महिलाले भियतजेटको शुरुवात गरेकी हुन् । एक अन्तर्वार्तामा भियतनाम जस्तो देशमा महिलाहरुले बिकिनी लाएर यात्रुको स्वागत गर्नु कतिको उचित भन्ने प्रश्नको जवाफमा उनले महिलाहरु जे पनि लाउन स्वतन्त्र हुनुपर्ने र आफ्नो यात्रुहरु खुसी हुँदा आफूहरु खुसी हुने बताएकी थिइन् । उनको यो रणनीति सही साबित पनि भएको छ । यस वर्ष भियतजेट भियतनामको सबैभन्दा ठूलो आन्तरिक हवाई कम्पनी बन्ने भएको छ । कम्पनीले केही महिनामा नै आइपीओ जारी गर्दैछ भने थि फुयोङ थाया भियतनामकै पहिलो अर्बपति महिला बन्दैछिन् । यसरी बिकिनी लगाएकी विमान परिचारिका प्रयोग गर्ने भियतएयर भने पहिलो होइन थाइल्याण्ड, मेक्सिको र बेलायतमा पनि यस्ता एयरलाइन्सहरु छन् जसले बेलाबेला आफ्नो व्यवसायको प्रबद्र्धत गर्न ‘बिकिनी एयरहोस्टेज’ को प्रयोग गर्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण