जंगलमा लागेको आगो निभाउन जाँदा एकको मृत्यु
काठमाडौं – पश्चिम रोल्पाको इरिबाङको जंगलमा लागेको आगो निभाउने क्रममा एकजनाको ज्यान गएको छ भने जंगल पूर्णरुपमा जलेर नष्ट भएको छ । इरिबाङको लाखुरीचौरबाट सोमबार दिउँसो १ बजेबाट लागेको आगो कर्तम गाउँ पस्न थालेपछि निभाउनका लागि गएका इरिबाङ–४, कर्तमका ५१ वर्षिया धनकुमारी घर्ती आगो पुगेकी थिइन् । आगलागी नियन्त्रणका लागि श्रीमान् रामबहादुर घर्तीसँगै गएका धनकुमारीको आगोमा परी मृत्यु भएको इलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरीक्षक राजेश श्रेष्ठले जानकारी दिए । आगलागीबाट इरिबाङको भिरटाउके हुबस्ने भन्ने जंगल जलेको छ । प्रहरीले बताएको छ । आगो कसले लगाएको हो भन्नेबारेमा अनुसन्धान भइरहेको बताइएको छ । लासलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा ल्याउन लागिएको प्रहरीको भनाई छ । त्यस्तै पूर्वी रोल्पाको पाङ ऐपेमा पनि भीषण आगलागी भएको स्थानीयले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास रोक्ने वन ऐन सच्याउन इप्पान अध्यक्ष डाँगीको माग
-
पूर्वाधार विकासका लागि वैकल्पिक वित्तीय स्रोत खोज्नुपर्छ : लिमा अधिकारी
-
सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेलको बयान सुरु
-
आर्थिक वर्ष २०८२/०८३ अर्थ–राजनीतिक रूपमा अन्योलको वर्ष बन्यो
-
वार्षिक २५ खर्ब रेमिट्यान्सको १० प्रतिशत जलविद्युतमा लगाऔँ, एफडीआई कुर्नु पर्दैन: राजेन्द्र मल्ल
-
ऊर्जा क्षेत्रमा ९ खर्ब रुपैयाँसम्म लगानी गर्ने स्पेस बाँकी, नीतिगत लचकता अपनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण