शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्वार्थका कारण नेपाली संस्कृति र परम्परा धर्मरायो : पूर्व प्रधानसेनापति कटवाल

बुधबार, ०१ वैशाख २०७३, १४ : २४
बुधबार, ०१ वैशाख २०७३

भैरहवा– नेपाली सेनाका पूर्व प्रधानसेनापति रुक्माङगत कटवालले विभिन्न स्वार्थका कारण नेपाली संस्कृति र परम्परा धर्मराएको बताएका छन् । कटवलालले दलगत स्वार्थभन्दा माथि पहिला नेपाली र त्यसपछि मात्र अरु भएर आफूलाई प्रस्तुत गर्न सके मात्र एकता र सद्भावको सन्देश फैलाउन सक्ने बताएका हुन् । हिन्दु स्वयंसेवक संघ रुपन्देहीले नयाँ वर्षको अवसर पारेर भैरहवामा आयोजना गरेको संस्कृति रक्षा दौड कार्यक्रममा प्रमुख अतिथी भएर भैरहवा आएका कटवालले आफ्नो परम्परा धर्म र संस्कृतीको जग हल्निन दिन नहुने जिकिर गरे । नयाँ वर्षको व्यङ्गयात्मक शुभकानमा दिँदै उनले २०७२ सालमा सबै नेपालीको घरमा ईन्धन र ग्यास अभाव नहोस भनि शुभकामना दिए । पछिल्लो पटक आफ्नो कार्यकालमा पदावधि बढाउन आग्रह गरिएको भन्ने समाचारको खण्डन गर्दै उनले आफूले कसैसँग पनि पदावधि बढाउन आग्रह नगरेको स्पष्ट पार्दै आफू सधैँ संविधान र नियमलाई अग्रभागमा राखेर मात्र काम गर्ने गरेको दावी गरे । नेपाली नयाँ वर्षलाई आफ्नो संस्कृतिका रुपमा मनाउने अधियान स्वरुप विगतका वर्षहरुमा जस्तै यो पटक आयोजना गरिएको रक्षा दौडमा इन्द्र थापाले प्रथम स्थान हासिल गरी रु ११ हजार पुरस्कार प्राप्त गरेका छन् भने द्वितिय हुने अजय कुर्मीले ७ हजार, तृतिय हुने सत्यन्द्र यादवले ५ हजार, र सान्तवना स्थान हासिल गर्ने मोहम्मद रफि र सफि मोहम्मदले प्रति व्यक्ति १ हजार १ सय पुरस्कार प्राप्त गरेका छन् । रक्षा दौडमा विजयीलाई प्रमुख अतिथी कटवाल, दिन्दु स्वयंसेवक संघका चालक हेम शर्मा आर्चायले पुस्कार तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप