४ खेलमा तेस्रो पराजय : डिफेन्डिङ च्याम्पियन बार्सिलोना बाहिरियो
म्याड्रिड — एथ्लेटिको म्याड्रिडसँग स्तब्ध बन्दै डिफेन्डिङ च्याम्पियन बार्सिलोना च्याम्पियन्स लिगको क्वाटर फाइनलबाटै बाहिरिएको छ । एन्टोनी ग्रिजमानको दुई गोलको मद्दतले समग्रमा ३—२ को जीत निकाल्दै एथ्लेटिको सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो लेगमा २—१ को अग्रता लिएर आएको बार्सिलोनाको खराब डिफेन्डिङको फाइदा उठाउँदै ग्रिजमानले पहिलो हाफको ३६ औं मिनेटमा एथ्लेटिकोलाई अग्रता दिलाए । खेलमा नियन्त्रण राखेपनि बार्सिलोनाले एथ्लेटिकोको पोष्टमा धेरै आक्रमण गर्न सकेन । खेलको अन्त्यतिर पाएको पेनाल्टीलाई परिणत गर्दै ग्रिजमानले एथ्लेटिकोको अग्रता दोब्बर बनाए । त्यसपछि एथ्लेटिकोका ग्याबीले डि एरियामा बललाई हातले छोएपछि बार्सिलोनाले पनि पेनाल्टी पाउनुपर्नेमा फ्रिकिकमा सिमित बनेको थियो । लगतार ३९ खेलको अपराजित यात्रा गरेको बार्सा पछिल्लो ४ खेलमा ३ मा पराजय बेहोरेको छ । लियोनेल मेस्सीले लगातार पाँचौं खेलमा गोल गर्न असफल बनेका छन् । ४९९ गोलमा अड्किएका मेस्सीले गोल नगरेको ४५२ मिनेट भइसकेको छ । बुधबार उनले एथ्लेटिकोको पोष्टमा एक पनि प्रहार गर्न सकेनन् । च्याम्पियन्स लिगमा सन् २०१४ पछि पहिलो पटक यस्तो भएको हो ।
निकै तनावपूर्ण बनेको खेलमा ८ वटा कार्ड देखाइएको थियो । सुवारेजले डिएगो गोडिनको आँखामा कुहिनाले हानेका थिए । म्यान अफ द म्याच घोषित गोडिनको आँखा नै सुन्निएको थियो । त्यस्तै अर्को खेलमा बेन्फिकालाई २—२ को बराबरीमा रोक्दै बायर्न म्युनिख समग्रमा ३—२ को जीत निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । एथ्लेटिको र बायर्नसँगै रियल म्याड्रिड र म्यान्चेस्टर सिटी सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलको ड्र शुक्रबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
-
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ
-
सुदूरपश्चिम कांग्रेसभित्रको विवाद सुल्झाउन केन्द्रीय नेता धनगढीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण