उपेन्द्र यादवद्वारा अग्निपीडितलाई राहत
शुक्रबार, ०३ वैशाख २०७३, ०७ : २०
इनरुवा– सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सुनसरी जिल्ला भोक्राहा गाविसका अग्निपीडित परिवारलाई राहत वितरण गरेका छन् ।
यादवले बिहीबार भोक्राहाका अग्निपीडित प्रतिपरिवारलाई एक/एक बोराका दरले २१ बोरा चामल वितरण गर्नुभएको यादवका सहयोगीले बताएका छन् । यादवले घटनास्थलको निरीक्षण गर्दै सहयोग र राहत वितरणपछि पीडितको बासस्थान तथा आवासका लागि सरकारलाई सहयोग गर्न आग्रह गर्नेसमेत बताए । शनिबार सुनसरीको भोक्राहा गाविसमा आगलागी हुँदा २१ परिवारका ६५ वटा घर जल्दा एक करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
-
वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार
-
लुतो फालेझैँ अधिनायकवादी र लोकतन्त्रविरोधी सोच पनि फालौँ : भीष्मराज आङ्देम्बे
-
क्षेत्रीय सन्तुलन र समाजवाद निर्माणमा प्रचण्डको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण