दुवै पक्षलाई समझदारी गराउँछौँः रिजाल
शुक्रबार, ०३ वैशाख २०७३, ११ : ३३
मोरङ– नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले अहिलेको प्राथमिकता भनेको मधेसी मोर्चा र सरकारलाई मध्यविन्दुमा ल्याएर समस्याको निकास खोज्ने भएको बताएका छन् । बिहीबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्व सूचना तथा सञ्चारमन्त्री डा रिजालले मधेसीको आन्दोलनलाई सम्बोधन नगरी संविधानको कार्यान्वयन गर्न समस्या हुने धारणा राखे । उनले भने – “समस्याको मध्यविन्दु खोजी सम्झौता गराउन काँग्रेसले पहल थाल्ने छ ।”
मधेसी मोर्चाको आन्दोलनप्रति गम्भीर हुन सरकारलाई आग्रह गर्दै उनले मधेसी मोर्चाले पनि जिद्दी नगरी वार्तामा बस्नु पर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
-
वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार
-
लुतो फालेझैँ अधिनायकवादी र लोकतन्त्रविरोधी सोच पनि फालौँ : भीष्मराज आङ्देम्बे
-
क्षेत्रीय सन्तुलन र समाजवाद निर्माणमा प्रचण्डको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण