भारतमा ४३ सालको गर्मीको रेकर्ड तोडियो : १ सय ३० जनाको निधन
शुक्रबार, ०३ वैशाख २०७३, १३ : ३३
नयाँ दिल्ली – गर्मी मौसमको शुरुवातसँगै भारतको विभिन्न राज्यमा लु चल्न थालेको छ । अत्याधिक गर्मीका कारण देशका तीन राज्य नराम्ररी प्रभावित बनेका छन् भने सयौंको निधन भइसकेको छ । तेलंगाना–आँध्रप्रदेशमा १ सय जना तथा ओडिशाका ३० जनाको निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । हैदराबादमा अप्रिलमा गर्मीको ४३ साल पुरानो रेकर्ड तोडिएको छ । बिहिबार त्यहाँ ४३ डिग्री सेल्सियस पुगेको थियो । भारतको मौसम विभागका अनुसार यस वर्ष अन्य वर्षको तुलनामा धेरै गर्मी हुनेछ । अप्रिल महिनामा तापक्रम ४५ डिग्रीसम्म पुग्ने बताइएको छ । अगामी दुई दिनमा तापक्रम २–३ डिग्रीसम्म बढ्ने अनुमान गरिएको छ । यता, बिहिबार तेलंगानामा बिहिबार ४४ डिग्री सेल्सियस तापक्रम रहेको थियो भने ओडिशमा ४२ डिग्रीसम्म पुगेको थियो । नयाँ दिल्लीमा पनि तापक्रम ४१ डिग्री पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
-
वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार
-
लुतो फालेझैँ अधिनायकवादी र लोकतन्त्रविरोधी सोच पनि फालौँ : भीष्मराज आङ्देम्बे
-
क्षेत्रीय सन्तुलन र समाजवाद निर्माणमा प्रचण्डको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण