शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

‘प्रजातन्त्रका सारथी इन्द्रप्रसाद श्रेष्ठका इतिवृत्त’ सार्वजनिक

शुक्रबार, ०३ वैशाख २०७३, १५ : ३९
शुक्रबार, ०३ वैशाख २०७३

काठमाडौँ–लेखक इन्द्रप्रसाद श्रेष्ठको जीवनी, व्यक्तित्व, परिचय र उनीद्वारा लिखित विभिन्न लेख, रचना/ अन्तर्वार्ता समावेश गरिएको ‘प्रजातन्त्रका सारथी इन्द्रप्रसाद श्रेष्ठका इतिवृत्त’ सार्वजनिक गरिएको छ ।

महत्वपूर्ण दस्तावेज र चित्रावली समेत गरी पाँच अध्यायमा विभाजन गरिएको सो पुस्तक इतिहासविद् प्रा ज्ञानमणि नेपालले सार्वजनिक गरे ।

भोजपुरे सेवा समाजले प्रकाशन गरेको पुस्तक परशु प्रधान, कृष्ण जोशी, शैलेन्द्र साकार र पवन आलोकले सम्पादन गरेका हुन् । विस १९८३ वैशाख ३ गते चैनपुरमा जन्मिनुभएका श्रेष्ठले खास गरी भोजपुर जिल्लाको विकासको निम्ति योगदान पु¥याउँदै आएका छन् ।

सो अवसरमा पूर्वमन्त्री हेमराज राईले विद्रोही जिल्लाका रूपमा परिचित भोजपुरले सिर्जनशील र प्रगतिशील काम गर्दै आएको छ भने । इतिहासविद् प्रा नेपालले लेखक श्रेष्ठका त्याग, तपस्या, सेवा र निःस्वार्थ योगदानबारे पुस्तकमा समावेश गरिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप