शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

नेपाल भर्सेज नामिबिया : एसपीको कमाण्डमा ७७३ प्रहरी, किर्तीपुरमा बम डिस्पोजल टोली

शुक्रबार, ०३ वैशाख २०७३, १७ : ४०
शुक्रबार, ०३ वैशाख २०७३

काठमाडौं–शनिबार किर्तीपुरमा हुने नेपाल र नामिवीयाबीचको खेलका लागि नेपाल प्रहरीले एसपीको कमाण्डमा ७७३ प्रहरी परिचालन गर्ने भएको छ । शुक्रबार महानगरीय प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर एआईजी प्रताप थापाले प्राकृतिक प्रकोप आए पनि तत्काल रेस्क्यु गर्न सक्ने गरी खेलस्थलको सुरक्षा प्रवन्ध मिलाइएको जानकारी दिए । विश्व क्रिकेट लिग च्यम्पियनसिप अन्तर्गतको नेपाल र नामिवीयाबीचको खेल कीर्तिपुरस्थित क्रिकेट मैदानमा वैशाख शनिबार र सोमबार हुँदैछ ।

१५ हजार भन्दा बढी टिकट बिक्री भएको प्रतियोगिताको सुरक्षाका लागि आयोजकले लिखित रुपमै सुरक्षाको प्रत्याभुती खोजेको जानकारी दिँदै एआईजी थापाले भने, ‘हामीले आईसिसीलाई खेल अबधिभरको सुरक्षा योजना लिखित रुपमा पठाएका छौं ।’ आईसिसीले आयोजना गरेको विश्व त्रिकेट लिग च्याम्पियनसीपमा सहभागी खेलाडी, अफिसियल सवैलाई होटल र आवाश क्षेत्रमा समेत कडा सुरक्षा ब्यवस्था मिलाइएको थापाले जानकारी दिए । उनले भने, ‘खेलाडी र अफिससिल बाहेक दर्शकको सुरक्षामा पनि हामी सर्तक छौं ।’ यस्तो प्रतियोगीता सधैंै नहुने र क्रिकेटमा धेरै दर्शक हुने हुनाले प्रहरीले यो प्रतियोगिलाई महत्वपुर्ण रुपमा हेरेको थापाले बताए । उनले भने, ‘खेलका क्रममा कोही उत्तेजक पनि हुन सक्छन्, त्यसैले कमाजोर भौतिक पुर्वाधारका वाबजुद पनि हामी प्रतियोगीतामा कुनै घटना घट्न दिने छैनौं ।’

आयोजकसँगको समन्वयमा योजनाबद्ध प्रहरी परिचालन गर्न लागेको महानगरीय प्रहरी कार्यालयले सादा पोशाकमा पनि उल्लेख्य संख्यामा प्रहरी परिचालन गर्ने जनाएको छ । त्यस्तै दर्शक र अफिसीयलहरु वाक थ्रु गेटबाट खेलमैदानमा प्रवेश गर्नुपर्नेछ भने, गेटमा मेटल डिटेक्टर र मैदानमा सिसीटिभी कन्ट्रोल रुमको पनी ब्यवस्था गरिएको एआईजी थापाले जानकारी दिए ।

‘सोल्टी होटलमा बसेका विदेशी अफिसियल र खेलाडीहरुलाई स्कर्टीङ सहित मैदान आउने जाने ब्यवस्था मिलाएका छौं’, एआईजी थापाले भने, ‘मैदानमा कुकुर स्न्यापीङ गराईने छ, बम डिस्पोजल टोली तैनाथ गरिएको छ ।’

खेल मैदानमा जनपथ प्रहरीको ब्याक फोर्सको रुममा शसस्त्र प्रहरी रहने बताईएको छ । प्रतियोगितालाई शान्तिपुर्ण रुपमा सम्पन्न गर्नका लागी सिसाद्वारा निर्मित बस्तु खेल मैदानमा नलान प्रहरीले सर्वसाधारणलाई आह्वान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप