शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सञ्चारमाध्यमलाई व्यवस्थित गरिनेछ : सञ्चारमन्त्री राई

शुक्रबार, ०३ वैशाख २०७३, १५ : ४३
शुक्रबार, ०३ वैशाख २०७३

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सञ्चारमाध्यमलाई स्पष्ट मापदण्ड बनाएर व्यवस्थित गरिने बताएका छन् ।

‘भक्ति दर्शन’ टेलिभिजनको चौथो वार्षिकोत्सवका अवसरमा आज पशुपतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले सञ्चारमाध्यम धेरै खुले पनि धेरैजसोको स्पष्ट धार नभएको तर ‘भक्ति दर्शन’ टेलिभिजनले निश्चित उद्देश्य लिएर अगाडि बढेको बताए ।

“मुलुकका सबै जातजाति, भाषाभाषी र धर्म मान्ने जनताको आध्यात्मिक प्रतिनिधित्व गरेर टेलिभिजन अघि बढ्नुपर्छ, – उनले भने ।

सो अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पूर्वीय दर्शनमा जति समतावादी चिन्तन कुनै पनि राजनीतिक सिद्धान्तमा नभएको बताउँदै भने, “सबै राजनीतिक र आध्यात्मिक शक्ति संविधान कार्यान्वयनमा लाग्नुपर्छ, एकअर्कामा क्षमा र माया गर्ने चिन्तन अध्यात्मले दिने भएकाले सबै शक्तिलाई एकीकृत गर्ने शक्ति दिन्छ । ”

ओशो तपोवनका स्वामी आनन्द अरुणले अध्यात्मबिना शान्ति प्राप्त हुन नसक्ने बताए । “भौतिक साधनले सम्पन्न पश्चिमा मुलुकका मानिस अथाह सुख सुविधा प्राप्त भए पनि शान्ति पाउन नसकेकाले आध्यात्मिक शान्तिको खोजमा लागेका छन्, हामी असुविधामा बाँचे पनि आध्यात्मिक शान्ति छ” – उनले भने

सो अवसरमा आध्यात्मिक क्षेत्रमा योगदान पु¥याएबापत पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डन र भूकम्पका बेला शान्ति सुरक्षामा दिएको योगदानका लागि प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मालाई टेलिभिजनका तर्फबाट सम्मान गरिएको थियो ।

टेलिभिजनका अध्यक्ष राजुप्रसाद कँडेलले आध्यात्मिक क्षेत्रमा प्रसारणले पु¥याएको योगदानबारे जानकारी दिए ।

यसअघि आज बिहान रामनवमीको अवसरमा टेलिभिजन र राधा माधव सत्सङ्ग केन्द्रको आयोजनामा श्रीराम कृपालु रथयात्रा गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप