शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

राई परिवारको लागि भगवान बने सिजन

शुक्रबार, ०३ वैशाख २०७३, १६ : ०६
शुक्रबार, ०३ वैशाख २०७३

इटहरी – धन भएर मन नभएका मान्छेहरु यो समाजमा अलि धेरै नै होलान् । अकुत सम्पति कमाए फजुल खर्च गर्नेहरु पनि कम छैनन् यहाँ । धन भएर पनि मन हुनेहरुको संख्या केही हदसम्म समाजमा भेटिन्छन् जो अरुको दुंखमा सारथी हुन चाहन्छन् । आफ्नो केही सहयोगले अरुको पिर मर्काे र समस्या हल हुन्छ भने सायद त्यो व्यक्ति भगवान सरह हुन्छ भन्दा फरक नपर्ला ।

इटहरी उप–महानगरपालिका २५ स्थित हाँसपोसाको राई टोलमा बस्दै आएका बुद्ध बहादुर राई र धन राईको परिवारमा यस्तै विपत्ति आइपर्यो । आफ्नो तीन वर्षीय छोरा दिवसको डेढ महिनादेखि निमोनिया बिग्रेपछि फोक्सोले काम गर्न छाड्यो । हाँसपोसको सुकुम्बासी टोलको बसाई अनि आर्थिक अवस्था निकै कमजोर । दुई छोरामध्ये कान्छोको यस्तो अवस्था देखेर कसको आमाबुबालाई चिन्ता हुँदैन र । उपचार गर्न पैसा छैन् । छोराको दिनप्रतिदिन स्वास्थ्य अवस्था गम्भिर बन्दै गएपछि राई परिवारको लागि कुनै उपाय बनेको थिएन । तर, दैवले पनि भगवानको रुप धारणा गरेर आउँछन् भने झैँ राई परिवारलाई यस्तै भइदियो । छोराको उपचारको लागि हाँसपोसाकै स्थानीय एवम समाजसेवी सिजन गुरुङले छोरा दिवसको उपचारका लागि सम्पूर्ण खर्च बेहेर्ने भएपछि दैवको रुपमा राई परिवारले गुरुङलाई पाए ।

नेपाली कांग्रेसका महासमिति सदस्य, युवा राजनीतिज्ञ एवम समाजसेवीको रुपमा सक्रिय गुरुङले राई परिवारको दयनिय अवस्था देखेर बालकको उपचारमा सम्पूर्ण खर्च आफूले बेहोर्ने उदघोष गरे । जसरी पनि बालकको उपचार गरेर ठिक पार्ने उनले अठोट गरे ।

हुन् त समाजको लागि सबैभन्दा बढी योगदान गर्ने गुरुङ जिल्लाका युवा समाजसेवीकोे रुपमा परिचित छन् उनी । उपचारमा आर्थिकको अभावले गम्भीर बन्दै गएका बालकको लागि पहिलो चरणको उपचारको गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भर्ना गराए ।

बिपी प्रतिष्ठानमा बालकको अवस्थामा केही सुधार आएपनि फोक्सोको शल्यक्रिया गर्नुपर्ने अबस्था बन्यो । जसमा गुरुङले एक लाख बराबरको उपचार रकम सहयोग गरे ।

बालकको अवस्था खतरामुक्त भएपनि चाँडै फोक्सोको शल्यक्रिया गर्नुपर्ने चिकित्सकको सुझाब छ । तर, पनि गुरुङले हार नमान्ने बताएका छन् । इटहरीमा शुक्रबार पत्रकार सम्मेलन गर्दै गुरुङले बालकको उपचारमा अझैँ आफूले सहयोग गर्ने बताए । काठमाडौंको कान्ति बाल अस्पतालमा बाललको शल्यक्रिया ४ दिन भित्र गर्नुपर्ने बताइएको छ । गुरुङले उनको शल्यक्रियामा जति खर्च लागेपनि आफूले व्यक्तिगत रुपमा सहयोग गर्ने पत्रकार समक्ष बताए ।

मेरो सानो सहयोगले एउटा बालकको जीवन बन्छ भने म किन पछि पर्ने गुरुङले भने । मानवताको नाताले म बालकलाई जिवन दिएरै छाड्छु गुरुङले पत्रकार माझ भने । गुरुङ भन्छन्, ‘व्यक्तिगत भन्दा पनि मैले समाजको लागि केही गरौँ भन्ने सोच छ, मैले यी बालकलाई सहयोग गर्दा उनको भबिश्य बन्छ भने मेरो लागि यो नै धर्म हो ।’

म आफैँ बालकलाई लिएर काठमाडौं जानेछु, उपचारमा मान्छे राखेर पनि सहयोग गर्छु उनले भने ।

यता छोराको उपचारका लागि गुरुङले गरेको सहयोग जीवनभर नभुल्ने बुबा बुद्ध बहादुर राई भन्छन् । वहाँ मेरो परिवारको लागि भगवान हो यो गुन कहिले तिर्न सक्दैनौँ राईले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप