शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

नेपाल र नामिबियाबीचको खेलका लागि १० हजार टिकट बिक्री, शनिबारको खेलका टिकट बिक्री रोकियो

शुक्रबार, ०३ वैशाख २०७३, १६ : २६
शुक्रबार, ०३ वैशाख २०७३

काठमाडौं–आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगतको शनिबार हुने नेपाल र नामिबियाबीचको खेलका लागि १० हजार टिकट बिक्री भएको छ ।

टिकट विक्री तथा व्यवस्थापन गरिरहेको इसेवा फोन पे प्रा.लि.का अनुसार शनिबारको लागि १० हजार टिकट विक्री भइसकेको छ ।

मैदानको क्षमता सिमित भएकाले टिकट विक्री रोकिएको छ । इसेवाका प्रमुख कार्यकारी अधिकृत अस्गर अलीले भने, ‘मैदानको क्षमता सिमित भएकाले शनिबारको खेलको टिकट विक्री रोकिएपनि सोमबारका लागि टिकट काट्न सकिनेछ ।’

अनलाइनबाट टिकट विक्रीको व्यवस्थाले सहज ढंगले टिकट काट्न सकिएको हुँदा टिकट छिटो सकिएको अलीको भनाइ छ । इसेवाले गत हप्ताको बिहीबारदेखि टिकट विक्री सुरु गरेको थियो । खेलको टिकट विक्री तथा व्यवस्थापनका लागि आइसीसीले नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी इसेवालाई नियुक्त गरेको थियो ।

१०० रूपैयाँ मूल्य तोकिएको टिकट इसेवा एकाउण्ट भएका ग्राहकले सिधै इसेवा https://cricket.esewa.com.np मार्फत् अनलाइन टिकट खरिद गर्न सक्ने व्यवस्था मिलाइएको थियो । शनिबारको खेल टिकट सकिएपनि सोमबारका लागि भने टिकट विक्री यथावत रहेको सिइओ अलीको भनाइ छ । सोमबारका लागि पनि अनलाइनबाटै टिकट काट्नुपर्ने छ ।

इसेवा एकाउण्ट भएका व्यक्तिले सिधै टिकट खरिद गर्न सकिनेछ भने इसेवा एकाउण्ट नभएका व्यक्तिहरूले नजिकैको साईबर, स्टेसनरी, कम्युनिकेशन ९इसेवा जोन, इसेवा पोइन्ट०मा गइ अनलाइन टिकट खरिद गर्न सकिनेछ । उपत्यकामा मात्र इसेवाका करिब ५ हजार जोन, पोइन्ट (eSewa Zone & eSewa Point) रहेका छन् भने नेपालभर १७ हजार भन्दा धेरै जोन पोइन्ट रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप