बीचमै नाकाबन्दी फिर्ता लिनु बाध्यता थियोः राजेन्द्र महतो
काठमाडौं– सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले झण्डै ६ महिना गरिएको नाकाबन्दी बीचमै फिर्ता लिनु आफूहरुको बाध्यता भएको बताएका छन् । सदभावना पार्टीको २६ औ स्थापना दिवस तथा स्व गजेन्द्रनारायण सिहको ८७ औ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै भने, ‘केही दिन अझै नाकाबन्दी भएको भए सरकार झुक्थो र मधेसको माग पूरा हुन्थ्यो तर बीचमै नाकाबन्दी फिर्ता लिनु पर्यो । नकाबन्दी फिर्ता लिनु बाध्यता थियो । नाकाबन्दी लामो भएका कारण फिर्ता लिएका थियौ त्यो हाम्रो बाध्यता थियो ।’ उनले विभिन्न विद्वान तथा बुद्धिजीवीसँग सल्लाह गरेर नै मधेसी मोर्चाले आन्दोलन फिर्ता लिएको तर मधेसी जनताको अधिकारको लागि गरिएको आन्दोलन भने अन्त्य नभएको बताए । उनले अबको आन्दोलन सिंहदरबार केन्द्रित हुने भन्दै सो आन्दोालनले सरकारलाई झुकाइछाड्ने समेत दाबी गरे । ‘ नाकाबन्दी फिर्ता भएर आन्दोलन समाप्त भयो भन्ने होइन आन्दोलन जारी छ ’, उनले भने, ‘अबको आन्दोलन सिहदरवार केन्द्रित हुन्छ । आन्दोलनको केन्द्रबिन्दु काठमाडौ हुन्छ । काठमाडौको सिहदरवार नघेरेसम्म मधेसको अधिकार प्राप्त हुदैन । संसारमा नभएको शान्तिपूर्ण आन्दोलन मधेसमा भयो तर यो संवेदहिन सरकारले सुनेन अबको आन्दोलनले सुन्न बाध्य पार्छ ।’ सदभावना पार्टीले २६ वर्षदेखि निरन्तर आन्दोलन गरेपनि सरकारबाट कुनै सुनुवाई नभएको गुनासो गर्दै उनले बरु सरकार अनेकन आरोप लगाउन लागिपरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
-
वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार
-
लुतो फालेझैँ अधिनायकवादी र लोकतन्त्रविरोधी सोच पनि फालौँ : भीष्मराज आङ्देम्बे
-
क्षेत्रीय सन्तुलन र समाजवाद निर्माणमा प्रचण्डको जोड
-
शेयर कारोबारको पुँजीगत लाभकर आजदेखि बढ्यो
-
कपनमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण