तोडिएला घरेलु मैदानमा असफलताको श्रृंखला ?
नेपालको सिनियर टोलीले गत वर्ष कुनै पनि खेल जित्न सकेन । भूकम्प गएको वर्ष क्रिकेटले नेपाली जनताहरुलाई खेल जितेर राहत दिने अनुमान लगाइएको थियो । तर नेपाली टोलीको प्रदर्शन राम्रो भएन । आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल चारवटै खेलमा पराजित भयो । गत वर्ष हारेका चार खेलको मुल्य नेपाललाई महगों पर्ने भइसकेको छ अर्थात अब विश्वकपको छनोट खेल्ने हो भने पुछारमा रहेको नेपालले बाँकी सबै खेल जित्नुपर्ने हुन्छ ।
प्रतियोगितामा सुखद सुरुआत गर्नबाट विमूख नेपाली टोलीको एउटै उद्देश्य अब बाँकी रहेका खेलहरु जित्दै समर्थकहरुलाई आशावादी राख्नुहुनेछ । त्यसमाथि घरेलु मैदानमा खेल हार्न नेपाल चाहदैँन । पछिल्लो पटक टीयू अन्तर्राष्ट्रिय मैदानमा एसीसी टी–२० ट्रफीको फाइनलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो । त्यतिबेला अफगानिस्तानसँग पराजित भएपनि नेपाली खेलाडीहरुले डटेर खेल्दै घरेलु दर्शकको मन जिते । यसपटक नामिबियाविरुद्ध नेपालले उस्तै शैलीमा आफ्नो पुरै शक्ति लगाएर मैदानमा धावा बोल्नेछ । फरक यत्ति छ, नेपाली दर्शकहरुले नतिजा कुनै त्यतिबेला छोटो समयको प्रतिक्षा गरेपुग्थ्यो, तर यसपटक पुरै दिन खेल हेरेर बस्नुपर्नेछ ।
कान्छो फम्र्याटको टी–२० विश्वकप खेलिसकेको नेपालका लागि ५० ओभरको फम्र्याटमा वल्र्ड क्रिकेट लिग डिभिजन च्याम्पियनसिपसम्मको यात्रा नै उपलब्धिपूर्ण मानिएको छ । नेपालले सन् २०१५ को जनवरीमा नामिबियामै आयोजना भएको वल्र्ड क्रिकेट लिग डिभिजन–२ को शीर्ष चारभित्र रहेर यस प्रतियोगितामा स्थान बनाएको थियो । नेपालले अहिलेसम्म खेलेका प्रतियोगितामध्ये यो सबैभन्दा उच्च श्रेणीको प्रतियोगिता हो । एकपछि अर्को उपलब्धि हासिल गर्दै भएपनि पर्याप्त भौतिक पूर्वाधार र व्यवस्थापनको कमजोरीका कारण ठूला प्रतियोगितामा नेपाल बेलाबेलामा चुक्ने गरेको छ । अहिले भौतिक पूर्वाधारको कमीका कारण पनि नेपालको डिभिजन च्याम्पियनसिपमा प्रदर्शन राम्रो हुन सकेको छैन् । त्यस्तै भूकम्पपछि घरेलु लिग आयोजना हुन नसक्दा नेपाली खेलाडीहरुले राम्ररी फिट हुने अवसर पाएका छैनन् । घाइते भएका कारण अहिले राष्ट्रिय टोलीमा नअटाएका सुवास खकुरेल घरमै खेल्ने अवसरलाई नेपालले जीतमा परिणत गर्नुपर्ने बताउँछन् । उनी भन्छन्– ‘भूकम्पका कारण हामीले वल्र्ड क्रिकेट लिग डिभिजन च्याम्पियनसिपका कुनै पनि खेल घरेलु मैदानमा खेल्न पाएनौँ । यसअघि केही खेलका दौरान हाम्रो टोलीमा अनुभवको कमी पनि देखियो । क्रिकेट संघको विवादको असर र राष्ट्रिय प्रतियोगिता आयोजना नहुदाँको असर पनि मैदानमा देखियो । सायद यसपटक सबै कुरा मिलेको छ । घरेलु मैदानमै खेल्न पाएका कारण नेपालले खेल जित्नुपर्छ ।’
चोटका कारण अहिले नेपाली टोलीमा नियमित ओपनर सुवास खकुरेल समेटिएका छैनन् । त्यसैले उनले प्याराफिटबाटै खेल नियाल्नेछन् । नेपाली टोलीको खेलबारे विकेटकिपर ब्याटस्म्यान सुवास भन्छन् :
१. सुरुआत राम्रो खेल्नुपर्छ किनकी यो प्रेसर म्याच हो । घरेलु दर्शकका अगाडी नेपाललाई जित्नैपर्ने दबाब छ । सुरुआतमै हामीले राम्रो रन स्कोर ग¥यौ भने दबाब कम हुदैँ जान्छ र घरेलु मैदानमा खुलेर खेल्न खेलाडीहरुलाई सहज हुन्छ ।
२. ब्याटिंङ सम्हालेर खेल्नुपर्यो । ज्ञानेन्द्र मल्ल र नरेश बुढायरले राम्रो गर्न सके भने त्यसपछि आउने खेलाडीहरुलाई सहज हुन्छ । हामीले विकेट टिकाएर विपक्षीमाथि दबाब खडा गर्नुपर्छ । त्यसका लागि टप अर्डर चल्न जरुरी छ । ओपनरहरु चल्न सके सागर पुन , पारस खड्का, शरद् भेस्वाकर लगायत खेलाडी सम्मिलित मिडिल अर्डरलाई खुलेर खेल्नसहज हुन्छ ।
३. नेपालको बलिङ मूख्य हतियार हो । हाम्रो यहाँसम्मको यात्राका पछाडी बलिङले नै भूमिका खेलेको छ । शक्ती गौचन र वसन्त रेग्मीजस्ता भरपर्दा बलर हाम्रो टोलीमा छन् । मलाई लाग्छ युवा खेलाडी सुशान्त भारीले खेल्न पाए राम्रो प्रदर्शन गर्नेछन् । त्यस्तै यू–१९ वल्र्ड कपमा सनसनी मच्चाएका सन्दीप लामिछानेले पनि आफ्नो क्षमता देखाउन सक्छन् ।
४. हामी लगातार चार खेल हारिसकेका कारण पनि विश्वकपको छनोट खेल्न आजको म्याच जित्नैपर्छ । हामीलाई लाग्छ पहिलो अनुभव भएका कारण पनि हामीले प्रतियोगिताका यसअघिका खेल गुमायौँ । यसअघिको कुरा गर्नुपर्दा पिएनजी हामीभन्दा यस प्रतियोगितामा धेरै अनुभवी टिम हो । पिएनजीसँगको पहिलो म्याचमा हाम्रो फिनिसिङ राम्रो भएन । दोस्रो म्याचमा टप अर्डर कोल्याप्स भयो । मिडिल अर्डरले आशा देखाएको थियो । तर अन्त्यतिर हामी चुक्यौ । स्कटल्याण्ड विरुद्धको खेलमा म खेलेको थिइँन । यहाँ नेपाल केवल १ रनले पराजित भयो । मेरो बुझाईमा स्कटल्याण्डले हामीलाई ३ रनले हराउँदा हाम्रो टिममा रहेको अनुभवको कमीले ठूलो भूमिका खेलेको थियो । बितेका गल्तिबाट पाठ सिक्दै आज नेपालले खेल जितेर मनोबल उच्च राख्न जरुरी छ । पछिल्ला ४ खेलका गल्तिलाई नेपालले घरेलु दर्शकसामू दोहो¥याउन हुन्न ।
नेपालका लागि कति महत्वपूर्ण छ जीत यसअघि नै नेपालले प्रतियोगितामा चार खेल हारिसकेको छ । प्रतियोगिताको शीर्ष स्थानमा रहेको नेदरल्याण्डस्सँग १०, हङकङसँग ९,स्कटल्याण्डसँग ७ र केन्यासँग ६ अंक छ । नेपालको लक्ष्य विश्वकपको छनोट खेल्ने भएका कारण छनोटमा स्थान बनाउन कम्तिमा पनि शीर्ष चारभित्र पर्नु जरुरी छ । आफ्ना चार खेल गुमाइसकेको नेपालले अझै १० खेल खेल्न बाँकी नै रहेका कारण शीर्ष चारभित्र छनोट हुने र विश्वकप छनोट खेल्ने ढोका अझै खुला छ । आईसीसीको आयोजनामा भएका पछिल्ला ५ खेलमा नेपालको स्थिति – आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन–२ अन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा केन्यासँग १५ रनले पराजित । हारका बाबजुद चौथो स्थानमा रहेर आईसीसी वल्र्ड क्रिकेट लिग डिजिभन च्याम्पियनसिपको यात्रा – आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन च्याम्पियनसिपमा स्कटल्याण्डसँग ३ रनले पराजित – आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन च्याम्पियनसिप रिर्टन लिगमा स्कटल्याण्डसँग ९ विकेटले पराजित – आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन च्याम्पियनसिपमा पपुवा न्युगिनीसँग २ रनले पराजित – रिर्टन लिगमा पपुवा न्युगिनीसँग ३ विकेटले पराजित कत्तिको बलियो छ नामिबिया नामिबिया नेपालसँग सन् २०१५ को आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन–२ को समूह चरणको खेलमा पराजित भएको थियो । तर त्यसपछि बाँकी सबै खेल जितेर नामिबिया फाइनल पुग्यो । फाइनलमा नामिबिया नेदरल्याण्डस्सँग पराजित भएको थियो । अहिले नामिबियाले आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन च्याम्पियनसिपसँगै आईसीसीको चारदिने फस्ट क्लास क्रिकेट इन्टरकन्टिनेन्टल कप पनि खेलिरहेको छ । इन्टर कन्टिनेन्टल कपमा खेलेका ३ खेलमध्ये नामिबियाले एक खेल जित हात पारेको छ । यसअघि गत वर्ष नामिबियाले हङकङलाई १ सय १४ रनले हराएको थियो । तर यसै साता अफगानिस्तानसँग नामिबिया एक इनिङग्स् र ३६ रनले पराजित भएको थियो । सन् २००३ को विश्वकप खेलिसकेको नामिबियाको बलियो पक्ष ब्याटिङ हो ।इन्टरकन्टिनेन्टल कपमा झैँ वल्र्ड क्रिकेट लिग डिभिजन च्याम्पियनसिपमा पनि नामिबियाको अवस्था राम्रो छैन् । अहिलेसम्म नामिबियाले वल्र्ड क्रिकेट लिग डिभिजन च्याम्पियनसिपमा केवल १ खेल जितेको छ । स्टेफेन बार्ड, गेरी स्नाईम्यान लगायतका खेलाडीहरु विपक्षी टोली विरुद्ध रन लिन माहिर छन् । नामिबियाको टोलीमा धेरै अलराउन्डरहरु भएका कारण पनि उसको ब्याटिङ राम्रो हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
-
वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार
-
लुतो फालेझैँ अधिनायकवादी र लोकतन्त्रविरोधी सोच पनि फालौँ : भीष्मराज आङ्देम्बे
-
क्षेत्रीय सन्तुलन र समाजवाद निर्माणमा प्रचण्डको जोड
-
शेयर कारोबारको पुँजीगत लाभकर आजदेखि बढ्यो
-
कपनमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण