शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

अधिवक्ता क्षेत्री लगातार दोस्रो वर्ष पनि अमेरिकाको सुपर लयर पर्न सफल

शनिबार, ०४ वैशाख २०७३, ०७ : ३५
शनिबार, ०४ वैशाख २०७३

न्यूयोर्क–न्यूयोर्कमा रहेर विगत ३ दशकदेखि कानुनी पेशामा सक्रिउ रहँदै आएका वरिष्ठ अधिवक्ता खग्रेन्द्र क्षेत्री लगातार दोस्रो वर्ष पनि न्यूयोर्कमा सुपर लयरमा पर्न सफल भएका छन् ।

न्यूयोर्क शहरमा रहेका अधिवक्ताहरुमध्येबाट उत्कृष्ट कार्यका आधारमा छनौट हुने यस प्रक्रियामा क्षेत्री लगातार दोस्रो वर्ष पनि पर्न सफल भएका हुन् ।

क्षेत्रीलाई शुक्रबार मात्र सुपर लयर छनौट गर्ने संस्थाले पत्रचार गर्दै बधाई दिएको छ । न्यूयोर्क, क्यालिफोर्निया, टेक्सास र काठमाडौंमा समेत सेवा प्रदान गर्ने क्षेत्री एण्ड एशोसिएट्सका संचालक क्षेत्रीले अमेरिकको कोलम्बीया युनिभर्सिटीबाट जेडि र फोरदाम युनिभर्सिटीबाट एलएलएम गरेका छन् ।

सुपर लयरमा हालसम्म न्युयोर्क शहरमा कानुनी सेवा प्रदान गर्ने ५ प्रतिशत कानुन व्यवसायी मात्र पर्न सफल भएका छन् । सुपर लयर छनौटको नतिजा न्यूयोर्क टाईम्समा समेत प्रकाशन हुने गर्दछ । एनआरएन अमेरिकाको निर्वतमान अध्यक्ष समेत रहेका क्षेत्री हाल एनआरएन आईसिसीका सदस्य तथा नागरिकता सम्बन्धी टास्क फोर्सका सह संयोजक पनि हुन् । सुपर लयर छनौट परेपछि क्षेत्रीले सम्पूर्ण सेवाग्राही, कर्मचारीलगायत सबैमा आभार व्यक्त गरेका छन् । सुपर लयर छनौटले आफूले सेवा प्रति थप सर्मपित गर्ने उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप