हनुमानको मूर्ति स्थापना
भक्तपुर– रामनवमीको अवसरमा मनोहरा र हनुमन्ते खोलाको सङ्गमस्थलमा शुक्रबार हनुमानको मूर्ति स्थापना भएको हो ।
भक्तपुर, काठमाडौँ र ललितपुर जिल्लाको सङ्गमस्थल समेत रहेको मध्यपुरथिमि नगरपालिका–१६, लोहकन्थलीस्थित मनोहरा जग्गा एकीकरण आयोजनास्थलमा करिब पाँच फि अग्लो शिलाको सो मूर्ति स्थापना गरिएको हो ।
सो स्थलभन्दा एक किमी पूर्वतर्फ हनुमन्ते र गोदावरी खोलाको सङ्गमस्थल रहेकाले सो स्थानलाई त्रिवेणी धामको रुपमा रमेत लिने गरिएको त्रिपुर सङ्गम टोल सुधार समितिका अध्यक्ष रामकेशर बोगटीले बताए ।
हनुमानको मूर्तिसँगै बुढानीलकण्ठ नारायण, सप्तर्षि, गणेश, कुमार, सरस्वती, लक्ष्मी लगायत देवीदेवताको मूर्तिसमेत स्थापना गरिएको मनोहरा जग्गा एकीकरण आयोजना सहयोग समिति दिव्येश्वरी ४ ख का सहसंयोजक जगतकृष्ण प्रजापतिले जानकारी दिए । बूढानीलकण्ठ नारायणको मूर्ति करिब छ फि र अन्य मूर्ति डेढ फिका छन् ।
मन्दिरसँगै सो स्थललाई धार्मिक तीर्थस्थलका रुपमा विकास गर्ने तयारी भइरहेको छ । मन्दिरसँगै सामुदायिक भवन र भजनकीर्तनस्थल समेत निर्माण गरिने जनाइएको छ । मन्दिर निर्माणका लागि रु ५० लाख खर्च भइसकेको छ । करिब दुई रोपनी क्षेत्रफल रहेको सो स्थानमा आयोजनाबाटै सामुदायिक भवन निर्माणको तयारी भइरहेको बताइएको छ ।
बानर स्नानस्थल सो स्थानमा बर्सेनि पशुपतिबाट बाँदरहरु नुहाउन आउने गरेको बताइन्छ । पशुपतिमा बाँदर रुखबाट खसेपछि मनोहरा र हनुमन्ते खोलाको सङ्गमस्थलमा नुहाउन आउने जनश्रुति रहेको पाइन्छ ।
नेवारी भाषामा लेखिएको एक धार्मिक ग्रन्थमा सो स्थानलाई हनुतीर्थ नाम दिइएको उल्लेख गर्दै अध्यक्ष बोगटीले धार्मिक र सांस्कृतिक पाटाको खोज तथा अनुसन्धानको खाँचो रहेको औँल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
-
वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार
-
लुतो फालेझैँ अधिनायकवादी र लोकतन्त्रविरोधी सोच पनि फालौँ : भीष्मराज आङ्देम्बे
-
क्षेत्रीय सन्तुलन र समाजवाद निर्माणमा प्रचण्डको जोड
-
शेयर कारोबारको पुँजीगत लाभकर आजदेखि बढ्यो
-
कपनमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण