शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सस्तो मूल्यमै कलर्सले ल्यायो अहिलेसम्मकै सुविधा सम्पन्न मोबाइल सेट

शनिबार, ०४ वैशाख २०७३, ०८ : ३२
शनिबार, ०४ वैशाख २०७३

काठमाडौं–नेपालमा कलर्स मोबाइलको आधिकारीक बिक्रेता टेलिटक प्रालिले ननस्टप १,४५० घन्टासम्म चल्ने पावरफुल कलर्स इलिट ई–१५ सेट बजारमा भित्र्याएको छ ।

५,००० एमएच क्षमताको शक्तिशाली ब्याट्री एवं पावर बैंक प्रणालीसहितको इलिट ई–१५ मा सबै नयाँ डाटा सेभर एप्लिकेसन पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

कलर्स एक्स फ्याक्टर ई–१५ मा एन्ड्रोइड ललिपप ५.१ संचालन प्रणाली, ५ इन्चको एचडी आइपिएस स्क्रिन र ड्रयागन ट्रेल सिसा जडान गरिएको छ भने ६ महिने वारेन्टी दिइएको कम्पनीले बताएको छ ।

कलर्स एक्स फ्याक्टर ई–१५ मा १६ जिबी रोम प्लस २ जिबी र्याम मेमोरी क्षमता, ३२ जिबीसम्म बढाउन सकिने, पछाडी ८ मेगापिक्सल र अगाडि ५ मेगापिक्सल क्यामेरा, १.३ गिगाहर्जको क्वाडकोर प्रोसेसरलगायत सुविधा छन् । कम्पनीले कलर्स इलिट ई–१५ सेटको नेपाली बजार मूल्य १३, ९९५ रुपैयाँ पर्ने बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप