विद्यालयका प्राचार्य र अध्यक्षविरुद्ध छुवाछुत मुद्दा
कञ्चनपुर–झलारी पिपलाडी नगरपालिका–६ कसरौलस्थित वैजनाथ उमाविका प्राचार्य र व्यवस्थापन समितिका अध्यक्षविरुद्ध छुवाछुतविरुद्धको मुद्दा दायर गरिएको छ ।
विद्यालय नजिकै छाप्रो बनाएर बस्दै आएकी द्रौपदी लुहारले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिराप्रसाद जोशी, प्राचार्य सिद्धराज भट्ट र शिक्षक खडक साउदविरुद्ध गत चैत ३० गते जिल्ला प्रशान कार्यालय कञ्चनपुरमा मुद्दा दायर गरेका हुन् ।
लुहारले दायर गरेको मुद्दामा १५ वर्षदेखि बसोबास गर्दै आएको ठाउँमा जबर्जस्ती गौरा मन्दिर स्थापना गरी दलित अछुतले मन्दिर नजिकमा बस्नु नहुने र बसेमा माथिल्लो जातिका व्यक्तिलाई छुवाछुत हुन्छ भनी बस्दै आएको जग्गाबाट जबर्जस्ती उठाउने प्रयास भइरहेको उल्लेख छ ।
दलित समुदायको एकल नारीमाथि छुवाछुतको भावना राखी जबर्जस्ती बस्दै आएको ठाउँबाट उठाउने प्रयास भइरहेकाले अन्यायीमाथि छुवाछुत ऐनअन्तर्गत हदैसम्मको कारबाही गर्न माग गरिएको छ ।
जग्गा कायम गर्न र जबर्जस्ती बनाइएको मन्दिर हटाउन समेत माग गरिएको छ । विद्यालयका प्राचार्य भट्टले अस्थायी रुपमा लुहार परिवारलाई आश्रय दिइएको जग्गा विद्यालयको भएकाले पर्खाल बनाउनका लागि खाली गर्न भनिएको बताए ।
“छुवाछुत गरिएको छैन” उनले भने, “आरक्षको विस्तारित क्षेत्रबाट लखेटिएका लुहार परिवारलाई मानवीय आधारमा अस्थायी रुपमा बस्नका लागि सो स्थान उपलब्ध गराएका हौँ ।”
“लुहारका श्रीमान्को मृत्यु हुँदा समेत विद्यालयका शिक्षक र विद्यार्थीले सहयोग रकम जुटाएर काजक्रिया गर्न सघाएका थियौँ” उनले भने, “छुवाछुत गरेको भनेर लान्छना लगाउने कार्य झुटो हो, यसमा कुनै सत्यता छैन ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
-
वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार
-
लुतो फालेझैँ अधिनायकवादी र लोकतन्त्रविरोधी सोच पनि फालौँ : भीष्मराज आङ्देम्बे
-
क्षेत्रीय सन्तुलन र समाजवाद निर्माणमा प्रचण्डको जोड
-
शेयर कारोबारको पुँजीगत लाभकर आजदेखि बढ्यो
-
कपनमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण