शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पानामा पेपर्स विवादपछि स्पेनी मन्त्रीको राजीनामा

शनिबार, ०४ वैशाख २०७३, ०९ : ०२
शनिबार, ०४ वैशाख २०७३

स्पेन– अप्रिलको सुरुवातसँगै विश्वलाई तरङ्गित पारेको पानामा पेपर्स विवादका बीच स्पेनमा उद्योगमन्त्रीले आफ्नो पदबाट शुक्रबार राजीनामा दिएका छन् ।

दुई लाख १४ हजार अपतटीय कम्पनीहरूको बारेमा मोजाक फोन्सेका नामक पानामेली सेवा प्रदायक संस्थाद्वारा चुहाइएका सूचनाहरू रहेका पानामा पेपर्स एक करोड १५ लाख भन्दा बढी दस्तावेजको समष्टि रूप हो र यसले विभिन्न कम्पनीका निर्देशक एवम् लगानीकर्ताहरूको बारेमा सूचना सम्मिलित गरेको छ ।

पानामा पेपर्स गोप्य सूत्रबाट सार्वजनिक गरिएको समयमा विभिन्न पाँच राष्ट्र अर्जेन्टिना, आइसल्यान्ड, साउदी अरब, यूक्रेन र संयुक्त अरब इमिरेट्सका तत्कालिन सरकार प्रमुख वा राष्ट्र प्रमुखहरू लगायत अन्य देशका उच्च पदस्थ सरकारी अधिकारीहरूसँग सम्लग्न अफसोर कम्पनीमा रहेको लगानी वा अन्य सम्पत्ती विवरणसँग सम्वद्ध विवरणहरू समावेश गरिएको थियो ।

स्पेनी उद्योगमन्त्री जोस म्यानुएल सोरियामाथि अपतटीय कम्पनीहरुमा उनको सम्बन्ध रहेको आरोप आइरहेका बेला उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हन् ।

मैले मेरो व्यवसायिक गतिविधिबारे दिएका विगत केही दिनका अभिव्यक्तिप्रति क्षमा याचना गर्दै र मेरो कारणले स्पेनको सरकारप्रति परेको असरलाई मनन गर्दै राजीनामाको घोषणा गरेको छु, उद्योगमन्त्री सोरियाले भने, सोरिया पानामा पेपर्समा उल्लेखित मोज्याक फोनसेकाको प्रशासक रहेर सन् १९९२ मा काम गरेको स्पेनी अनलाइन दैनिक ‘इ आई कन्फिडेन्सियल’ ले सोमबार समाचार प्रकाशन गरेपछि उनबारेमा विभिन्न कोणबाट टिकाटिप्पणी आएका थिए । इ आई कन्फिडेन्सियल मोज्याक फोनसेकाबाट पमानमा पेपर्स नामक दस्तावेजमा अध्ययन गर्ने विश्वका सीमित केही सञ्चारमाध्यममध्ये एक रहेको विश्वास छ ।

सोरियाले शुक्रबार एक पत्रकार सम्मेलन गरी आफ्नो अपतटीय कम्पनीमा कुनै सहभागिता नरहेको बताउनु भए पनि देशका विभिन्न पत्रपत्रिकामा सरकार र उनको नाम जोडिएर आउन थालेपछि तथाकथित विवादका कारण सरकारलाई अप्ठयारो नपरोस् भनी राजीनामा दिएको बताएका छन् ।

आफूको मोज्याक फोनसेका नामक अपतटीय कम्पनीमा कुनै संलग्नता नरहेको दाबी गर्दै स्पेनी कानुन अधिकारीलाई आफ्नो नाम उक्त कम्पनीबाट हटाउन पानामेली अधिकारीसँग पहल गर्न आग्रह गरेका छन् ।

तर केही स्पेनी सञ्चारमाध्यमले सोरियाको जर्सीस्थित एक कम्पनीमा सन् २००२ सम्म संलग्नता रहेको बताउँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप