बालबालिकालाई विद्यालय ल्याउन भर्ना अभियान
शनिबार, ०४ वैशाख २०७३, ०९ : ४२
पोखरा– जिल्ला शिक्षा कार्यालय कास्कीले प्रत्येक सामुदायिक विद्यालयको सेवा क्षेत्रभित्रका बालबालिकालाई अध्यननको अवसरबाट वञ्चित नगराउने उद्देश्यका साथ भर्ना अभियान सुरु गरेको छ ।
आधारभूत शिक्षामा पहुँचको सुनिश्चितता गराउने शिक्षा विभागको कार्ययोजनानुरुप जिल्लामा त्यसको प्रभावकारी कार्यान्वयनका लागि वैशाखको दोस्रो हप्तासम्म विद्यार्थी भर्ना अभियान एवम् घरदैलो कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने शिक्षा कार्यालयले जनाएको छ ।
सहायक जिल्ला शिक्षा अधिकारी दीपेन्द्र ढकालका अनुसार अभियानका क्रममा भर्नाका लागि मात्र नभएर बालबालिकाको पढाइको निरन्तरताका लागि पनि अभिभावकसँग अनुरोध गरिएको छ । जिल्लामा पठनपाठन वैशाखको पहिलो सातादेखि सञ्चालन गरिने भए पनि भर्ना अभियान भने दोस्रो सातासम्म जारी रहने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
-
वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार
-
लुतो फालेझैँ अधिनायकवादी र लोकतन्त्रविरोधी सोच पनि फालौँ : भीष्मराज आङ्देम्बे
-
क्षेत्रीय सन्तुलन र समाजवाद निर्माणमा प्रचण्डको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण