शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु

शनिबार, ०४ वैशाख २०७३, १० : १९
शनिबार, ०४ वैशाख २०७३

बर्दिबास–महोत्तरीको एकडाराबेलामा पोखरीमा डुबेर एक पाँच वर्षीय बालिकाको ज्यान गएको छ । शुक्रबार दिउँसो जिल्ला सितामढी थाना बेला ग्रामपंचयात भिसवा बस्ने श्याम यादवको छोरी आँचल कुमारी यादवको पोखरीमा डुबेर ज्यान गएको हो ।

एकडारावेला वडा नंं.४ मा बस्ने रामपृत यादवको २ छोरी साथमा लिई सितामढीबाट माईती घर आएकी थिइन् ।

मृतक आँचल कुमारी खेल्दा खेल्दै घर नजिकै रहेको पानी पोखरीमा नुहाउन गएकोमा डुवी अचेत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

उनको उपचारको लागि लाने व्यवस्था मिलाउँदामिलाउँदै बालिकाको मृत्यूु भएको थियो । उनको मुचुल्का तथा पोष्टमार्ट समेतको अनुसन्धान कार्य सम्पन्न गरी दाह संस्कारको लागि अन्तिम तयारी भइसकेको छ ।

त्यस्तै एकडारावेला वडा नं.१ स्थित स्थानीय विजय राउतको पानी पोखरीमा नुहाउने क्रममा डुवी मृत्यु भएको महोत्तरीका एसपी जनक भट्टराइले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप