चार अझै बेपत्ता
म्याग्दी– बेपत्ता छानबिन आयोगले बिहीबारदेखि बेपत्ता भएकाहरुको विवरण सङ्कलन सुरु गरेको छ ।
माओवादी जनयुद्ध र दोस्रो जनआन्दोलनका क्रममा बेपत्ता भएकाको लिखित उजुरी सङ्कलन भइरहेको छ । तथ्याङ्क सङ्कलन भएपछि यहाँ समेत बेपत्ता भएकाको खोजी सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय, स्थानीय शान्ति समिति र गैरसरकारी संस्थाले तथ्याङ्क सङ्कलन गरेपछि राहतसहितको आधारभूत सुविधाबाट वञ्चित बेपत्ताका परिवारमा केही आशा पलाएको छ ।
जिल्लामा उपलब्ध तथ्याङ्कअनुसार बेपत्ताको सूचीमा बरङ्जा गाविसका दिलबहादुर थापा, ताकम–५ का रेशम मगर, बेगखोला–२ का श्यामप्रसाद रुचाल र तामबहादुर पुर्जा छन् । थापालाई सुरक्षा फौजले स्याङ्जा चित्रेभन्ज्याङाबाट माओवादीको आरोपमा बेपत्ता बनाएको थियो । उनको हत्या भएको हुन सक्ने भए पनि कहाँ र कहिले भन्ने बारेमा अझै पत्ता लाग्न सकेको छैन । पश्चिम म्याग्दीको ताकमका मगरलाई छिमेकी देवीस्थान गाविसबाट माओवादी फौजले आन्दोलनमा सहभागी हुन लगेदेखि उनी सम्पर्कमा छैनन् ।
शान्ति प्रक्रियामा आएपछि माओवादी नेताले समेत फरक फरक भनाइ सार्वजनिक गर्ने गरेकाले पनि मगरको अवस्था रहस्यमय बनेको छ । त्यस्तै रुचाल २०६० साल चैत ७ गते म्याग्दी आक्रमणमा सदरमुकाम बेनीबाट बेपत्ता भएको स्थानीय शान्ति समितिका पूर्व अध्यक्ष देवेन्द्र केसीले बताए ।
रुचाल भिडन्तमा मारिएको हुन सक्ने आशङ्का गरिएको छ तर पनि त्यसको पुष्टि अझै भएको छैन । तत्कालीन समयमा माओवादीका र बेवारिस शव कालीपुलस्थित पक्की पुलमा गाडिएको थियो । पुर्जा दोस्रो जनआन्दोलनमा बेनीबाट बेपत्ता भएका थिए । राजनीतिक दलको आन्दोलनको दिन उनलाई गाउँलेले देखे पनि त्यसपछि कसैले देखेका छैनन् ।
जनआन्दोलनमा राज्यपक्षबाट कसैलाई पनि नियन्त्रणमा लिएर राखेको देखिएको थिएन भने आन्दोलनमा समेत कोही पनि गम्भीररुपमा घाइते समेत भएका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
-
वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार
-
लुतो फालेझैँ अधिनायकवादी र लोकतन्त्रविरोधी सोच पनि फालौँ : भीष्मराज आङ्देम्बे
-
क्षेत्रीय सन्तुलन र समाजवाद निर्माणमा प्रचण्डको जोड
-
शेयर कारोबारको पुँजीगत लाभकर आजदेखि बढ्यो
-
कपनमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण