बार्सिलोनामाथि रियलको दबाब : शीर्ष स्थानको दुरि एक अंकमा घटाउँदै दोस्रो स्थानमा
म्याड्रिड - लगातार ७ वटा लिग खेलमा जित निकाल्दै रियल म्याड्रिडले शीर्ष स्थानमा रहेको डिफेन्डिङ च्याम्पियन बार्सिलोनामाथि दबाब कायम राखेको छ । शनिबार राती भएको खेलमा गेटाफेमाथि ५—१ को सहज जित निकाल्दै रियलले बार्सासँगको दुरि १ अंकमा घटाउँदै लिगको दोस्रो स्थानमा उक्लेको छ । सन् २०१२ पछि लिग जित्ने होडमा रहेको रियलले लिगको पुछारमा रहेको छिमेकी टोली गेटाफेबिरुद्ध धेरै संघर्ष गर्न परेन । खेलको पहिलो हाफमा नै करिम बेन्जेमा र इस्कोको गोलको मद्दतले रियल २—० ले अघि भइसकेको थियो । खेलको दोस्रो हाफमा गेराथ बेलले यस सिजनको १६ औं गोल गर्दै रियलको अग्रता फराकिलो बनाए । यसअघि रियल आएपछि सन् २०१३—१४ मा बेलले सर्वाधिक १५ गोल गरेका थिए । रियलका पूर्व खेलाडी पाब्लो सराबियाले गेटाफेका लागि एक गोल फर्काए पनि खेलको अन्त्यतिर हामेज रोड्रिग्वेज र क्रिस्टियानो रोनाल्डोले एक—एक गोल थप्दै आफ्नो टोलीलाई सहज जित दिलाए । यस सिजन लिगको सबै खेलको सबै मिनेट खेलेका रोनाल्डोको यो ४७ औं गोल हो । रियलको फरवार्ड लाइन बिबिसीले समग्रमा लिगमा आफ्नो गोल संख्या ६९ पुर्याएको छ, जुन बार्सिलोनाको एमएसन (मेस्सी, सुवारेज र नेयामार) को गोल संख्याको बराबर हो । खेलमा प्रशिक्षक जिनेदिन जिदानले दोस्रो हाफमा उनले बेल र बेन्जेमालाई आराम दिएका थिए । उता, पछिल्लो समय खराब फर्ममा रहेको बार्सिलोनाले पछिल्ला ३ खेलबाट अधिकतम ९ अंकबाट मात्र १ अंक बटुल्न सकेको छ । रियलभन्दा एक खेल कम खेलेको बार्सिलोनाले आइतबार भ्यालेन्सियाको आतिथ्य गर्नेछ ।
३३ खेलपछि रियलको ७५ अंक रहेको छ भने एक खेल कम खेलेको बार्सिलोनाको ७६ अंक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
-
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ
-
सुदूरपश्चिम कांग्रेसभित्रको विवाद सुल्झाउन केन्द्रीय नेता धनगढीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण