भारइल भिडियो : हजुरआमालाई बचाउन भिड्यो ‘फुच्चे हिरो’
आइतबार, ०५ वैशाख २०७३, १० : ३१
काठमाडौं – एउटा सानो बालकले स्टिलको पाइप बोकेर हजुरआमालाई बचाउन खोजेको भिडियो गत बिहिबारदेखि सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ । सबैभन्दा पहिलो चिनियाँ सामाजिक सञ्जाल वेबोमा आएको उक्त भिडियो यतिबेला संसारभर चर्चाको विषय बनेको छ । चीनको पिपल्स डेलीका अनुसार ती बालकको हजुर आमा सडकको किनारमा पसल गर्थिन् । तर, उनीसँग त्यसको अनुमति थिएन । जब सरकारी अधिकारीहरुलाई पसल हटाउन आइपुगे, ती बालक हजुरआमाको संरक्षणमा उत्रिए । आफ्नो शरीरभन्दा दुई गुणा ठूलो पाइप बोकेर ती बालकले सरकारी अधिकारीतर्फ सोझ्याउँदै, ‘पर जाऊ, मेरो हजुरआमालाई नछोऊ’ भन्दै चिच्चाइरह्यो । धेरैले उक्त भिडियोमा बालकको बहादुरीको तारिफ गरेका छन् । तर, त्यसपछि बालक र हजुरआमालाई सरकारी अधिकारीहरुले के गरे भन्ने चाहीँ प्रष्ट छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण