शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

गाँजाको प्रयोग तराई क्षेत्रकै लागि चुनौतीः पूर्व एसएसपी कुँवर

आइतबार, ०५ वैशाख २०७३, १६ : ३०
आइतबार, ०५ वैशाख २०७३

राजविराज– नेपाल पूर्वप्रहरी संगठनका अध्यक्ष तथा नार्कोनन् नेपालका सल्लाहकार वसन्तराज कुँवरले तिव्र रुपमा वढेको गाँजाको प्रयोग तराई क्षेत्रकै लागि चुनौती वन्न सक्ने चेतावनी दिएका छन् । पुर्व प्रहरीहरुसँग भेटघाट गर्न आईतवार राजविराज आईपुगेका कुँवरले सप्तरीका सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो चेतावनी दिएका हुन् । लागुऔषध प्रयोगकर्ताहरुको सुधार तथा पुनस्र्थापना कार्यमा सञ्चालित नार्कोनन् नेपालको प्रमुखकै रुपमा लामो समय काम गरेका कुँवरले लागु औषधका कारण स्कुले वालवालिका सवैभन्दा ठुलो खतरामा रहेको वताए । त्यसमा पनि गाँजाको प्रयोग तराई क्षेत्रकै लागि चुनौती वन्दै गएको उनको तर्क छ । उनले भने–‘अवका दिनमा तराईलाई गाँजाले सिद्याउँछ ।’

नेपालमा १४ देखि १८ वर्ष उमेरसमूहका किशोरकिशोरी लागूऔषध दुव्र्यसनमा फस्ने गरेको जानकारी दिदै एकपटक फसेपछि लामो समय ग्राहक हुने भएकाले लागु औषध कारोवारीले जस्तोसुकै हतकन्डा अपनाएर भए पनि केटाकेटी फसाउन उद्यत हुने गरेको वताए । ‘लागुऔषध बिक्रेताको पहिलो टार्गेट भनेको किशोर–किशोरी नै हुन्छन,’ उनले भने, ‘टेन्सन फ्रि तथा रिल्याक्सका नाममा उनीहरूले नानीहरूलाई फसाउँछन् ।’ यसको रोकथामका लागि विद्यालयस्तरबाटै लागुऔषधको नराम्रो पक्षबारे जानकारी दिनुपर्नेमा जोड दिएका कुँवरले आफना छोराछोरी प्रति अभिभावक पनि उत्तिकै सम्वेदनशिल हुनुपर्ने वताए । ‘लागुऔषध कुलतमा फसेपछि त्यस्ता किशोरकिशोरीहरु चोरी गर्नेदेखि दंगाफसाद गर्ने कार्यमा पनि संलग्न हुन्छन्’ उनले भने–‘यो लागु औषधको प्रकृतिमा भर पर्ने कुरा हो ।’ लागु औषध प्रयोग गर्ने ब्यक्तिमा अचानक ब्यवहार परिवर्तन हुने, तौल घटने, अवेरसम्म निद्रा नलाग्ने र विहानीपख उठ्न नसक्ने, पढाई र ब्यवासायमा कमजोर हुने लगायतका लक्षण देखिने गरेको वताएका उनले यी चारै वटा लक्षण देखिनासाथ विद्यालय र परिवारले किशोरकिशोरीको वारेमा विशेष निगरानी गर्नुपर्ने वताए । लागु औषधको प्रयोग वढदै जाँदा हाल नेपालमा कुल २ लाख प्रयोगकर्ता छोडनै नसक्ने अवस्थामा रहेको र २ लाख वालवालिका कुलतको प्रारम्भिक चरणमा रहेको कुँवरले जानकारी दिए । लागुऔषधमा फसेका अधिकांश किशोरकिशोरी अपराधतर्फ उन्मुख हुने गरेको बताउँदै उनले भने–‘दुब्र्यसनीमध्ये ८० प्रतिशत अपराधतर्फ उन्मुख छन्, यसको मतलव समाजमा हुने ८० प्रतिशत अपराधिक घटना लागु औषध प्रयोगका कारण भईरहेका छन् ।’ समाजलाई अपराध मुक्त वनाउने हो भने किशोरकिशोरिहरूलाई लागु औषधको दुब्र्यसनवाट जोगाउनुपर्ने उनको तर्क छ । लागु औषध सेवनमा लागेकाहरुले चोरी गरेरै भएपनि नशा नलिई नछोडने गरेको र प्रहरीले पनि पिटेरै त्यस्तालाई तहलगाउने परम्परा अझै नसुध्रिएको पूर्व प्रहरी वरिष्ठ उपरिक्षक समेत रहेका कुँवरले वताए । लागु पदार्थ सेवन गर्ने व्यक्तिमा जिम्मेवारी वोधको अभाव हुने हुनाले उनीहरुको कार्यक्षमता समेत शिथिल वन्दा राष्ट्रले त्यसता जनशक्तिवाट कुनै लाभ नपाउने वरु उल्टै परिवार तथा समाजकालागि उनीहरु बोझ वन्ने गरेको कुँवरको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप