शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कास्की कांग्रेसमा पदाधिकारी बाँडफाँड, उपसभापतिमा आचार्य , सचिवमा लामिछाने

आइतबार, ०५ वैशाख २०७३, १६ : ३८
आइतबार, ०५ वैशाख २०७३
पोखरा –कास्की कांग्रेसको आईतवार वसेको तेश्रो वैठकले पदाधिकारी वाँडफाँड तथा मनोनयन गरेको छ । बैठकले पार्टी उपसभापतिमा क्षेत्र नं २ का हरि आचार्य, सचिवमा क्षेत्र नं ३ का रामराज लामिछाने र सहसचिवमा क्षेत्र नं ४ का भरत अधिकारीलाई चयन गरेको हो । यसैगरी पार्टी कार्यालय हातामा संञ्चालित बीपी स्मृति पुस्तकालय व्यवस्थापन समितिको संयोजकमा सिकन्दरकुमार गुरुङ भोजे मनोनित भएका छन् । कास्की कांग्रेसका सभापति कृष्ण केसीले उनीहरुलाई मनोनित गरेका हुन् । यसैगरी पार्टीले यही वैशाख १८ गते कास्की जिल्ला तथा नगर सभापति र सचिवको भेला गर्ने निर्णय समेत गरेको सदस्य सिकन्दरकुमार गुरुङ भोजेले वताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप