शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बिद्यालयको मनोमानी बिरुद्ध नेबिसंघ

आइतबार, ०५ वैशाख २०७३, १७ : १०
आइतबार, ०५ वैशाख २०७३
इटहरी – शैक्षिक सत्रको सुरुवातसँगै विद्यालय सञ्चालकहरु कमिसनको खेलमा लागेर विकृती बढेको भन्दै नेपाल विद्यार्थी संघ सुनसरी बिरोधमा उत्रिएको छ । विद्यालयहरुले मनोमानी ढंगबाट शुल्क वृद्धि गरेको , बर्षेनी पब्लिकेशन परिवर्नत गरि अभिभावकलाई दुःख दिने गरेको भन्दै विद्यार्थी संघ बिरोधमा उत्रिएको हो । आइतबार इटहरीमा पत्रकार सम्मेलन गर्दै नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमितीले शैक्षिक विकृतीको विरोध गर्दै अनैतिक कार्य नरोके आन्दोलन गर्ने चेतावनी दिएको छ । १५ दिनभित्रमा विकृतीजन्य कार्यहरु नरोके आन्दोनल गर्ने नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष चन्द्रसुन्दर खेवागंले जानकारी दिए । पत्रकार सम्मेलनमा नेविसंघले ८ वुँदे माग पनि प्रस्तुत गरेको छ । नेविसंघले भर्नाको समयमा अनुचित रुपमा लिईएको शुल्क फिर्ता गर्नुपर्ने , कमिसनको लोभमा पब्लिकेशन हाउस परिवर्नत गर्न रोक्नुपर्ने , भड्किलने प्रचार प्रसार गरि विद्यार्थी तान्ने प्रवृत्ति बन्द गर्नुपर्ने लगायतका मागमा अघि सारेको छ । पत्रकार सम्मेलनमा बोल्दै नेविसंघका सचिव मन्दिप भट्टराईले निजी विद्यालयहरुले मनोमनी गर्दा समग्र शैक्षिक क्षेत्र नै व्यापार गर्ने थलो बनेको बताए । यस्तो अवस्था रहि रहे आफुहरु चुप लागेर नबस्ने भन्दै उहाँले कडा आन्दोलनका कार्यक्रम गर्दै विकृतीको अन्त्य गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप