क्रसर उद्योग नियन्त्रणमा लिन सिँचाइ मन्त्रीको निर्देशन
महोत्तरी – सिँचाइ मन्त्री उमेशकुमार यादवले रातु नदीमा सञ्चालित क्रसरलाई नियन्त्रण गर्न महोत्तरीका सिडियो विरेन्द्र यादवलाई निर्देशन दिएका छन् । आइतवार तटबन्ध अनुगमनको क्रममा किसाननगरस्थित रातु नदीमा पुगेका मन्त्री यादवले सिडियो यादवलाई फोन गरी तत्कालै नियन्त्रणमा लिन निर्देशन दिएका हुन् । सिँचाईका कर्मचारीसहित अनुगमनका क्रममा नदीमा पुगेका बेला मन्त्री यादवले एकै ठाउँमा तीनवटा क्रसर सञ्चालनमा आएको देखेर आश्चर्य प्रकट गरेका थिए ।
एकातिर नदी नियन्त्रणका लागि सरकारले करौडो लगानी लगाउँछ भने अर्कोतिर त्यही क्रसर उद्योग सञ्चालन गरी तटबन्ध विगारिएको भन्दै उनले तटबन्धबाट नै सिडियो यादवलाई फोन गरी तत्कालै कारवाही प्रकृया आगाडी बढाउन निर्देशन दिएका हुन् । मन्त्रीले निर्देशन दिएपछि सिडियो यादवले यसअघि नै क्रसर उद्योगका मेसिनहरु उठाएर ल्याएको तर घरेलु उद्योगले पत्र पठाई अनुमति लिएर उद्योग सञ्चालन गरेको भन्दै मेसिन छाड्न लगाई उद्योग सञ्चालनमा ल्याएको कुरा मन्त्री समक्ष राखेका थिए । घरेलु उद्योगले क्रसर उद्योगका मेसिन लगेपछि अख्तियारमा उजुरी गरेको कुरा मन्त्री समक्ष राख्दै सिडियो यादवले यो क्रसर उद्योग जिल्ला स्तरबाट बन्द गराउन नसकिने र केन्द्रबाट नै केही गर्न मन्त्री यादवलाई आग्रह गरेको मन्त्रीका प्रेस सल्लाहकार सुरेशकुमार यादवले जानकारी दिए ।
तटबन्धमा उपस्थित स्थानीयहरुले पनि अख्तियारले साना साना कर्मचारीलाई समातेर तर्साउने मन्त्री यादवले आफू पनि काठमाडौ फर्केपछि सम्बन्धित पक्षसँग कुरा गर्ने जनता समक्ष प्रतिवद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशमा आजबाट ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण