शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

काङ्ग्रेसलाई सरकारमा आउन खनालको आग्रह

आइतबार, ०५ वैशाख २०७३, १७ : ४४
आइतबार, ०५ वैशाख २०७३
इलाम– पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधान कार्यान्वयनका लागि काँङ्ग्रेसलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । इलाम क्षेत्र नं १ अन्तर्गत फिक्कलमा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता खनालले वर्तमान सरकारमा काँङ्ग्रेस पनि सहभागी बन्नुपर्नेमा जोड दिए । देशमा लामो सङ्घर्ष र त्यागपछि संविधान जारी भएकाले यो संविधानलाई कार्यान्वयनमा ल्याउन प्रमुख दलहरूको एकता आवश्यक रहेको औंल्याए । ‘नेपाली जनताको अथक सङ्घर्षबाट संविधान जारी भएको छ, अब यसलाई कार्यान्वयन गर्न पनि सबै दल एक ठाउँमा उभिन जरूरी छ, नेता खनालले भने । इलामको विकासका साथै समग्र देश विकासको लागि आर्थिक क्रान्ति सुरू भइसकेको उल्लेख गर्दै सुदूरपूर्व इलामबाट देश विकासको अभियान थाल्नुपर्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप