‘अक्षराङ्कन प्रणालीलाई परीक्षण गर्न दिऊँ’
काठमाडौँ– प्रवेशिका परीक्षामा यस वर्षबाट लागू भएको अक्षराङ्कन प्रणालीलाई परीक्षणका रुपमा लिइदिन पाठ्यक्रम विकास केन्द्रले आग्रह गरेको छ ।
विद्यार्थीले पाउने लब्धाङ्कपत्रमा उत्तीर्ण÷अनुत्तीर्ण उल्लेख नगरिने सो व्यवस्थाबारे तयारीबिना ल्याइएको भन्दै सरोकार भएकाबीच बहस भइरहेका बेला केन्द्रका कार्यकारी निर्देशक बाबुराम पौडेलले प्रणालीको परिणाम हेरेर मात्र प्रतिक्रिया दिन आग्रह गरेका हुन् । शिक्षक मासिकले आज यहाँ आयोजना गरेको कार्यक्रममा पौडेलले विद्यार्थी र शिक्षकको प्रयोगिक अभ्यासपछि यसमा थप विकास र परिवर्तन गर्न सकिने बताए । उनले विगत १२ वर्षदेखिको छलफलका आधारमा पाठ्यक्रम विकास परिषद्बाट सो प्रणाली कार्यान्वयन गरिएको उल्लेख गरे । कार्यक्रममा शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले शिक्षा पत्रकारिताले सकारात्मक र सहयोगीका साथै सरकारका नीतिमाथि आलोच्य भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे । विगत नौ वर्षदेखि प्रकाशित सो मासिक पत्रिकाले गत वर्षबाट रेडियो सगरमाथा र अन्य ८६ एफएममा शिक्षा संवाद रेडियो कार्यक्रम प्रसारित गर्र्दै आएको सन्दर्भमा ति माध्यममा आगामी दिनमा प्राथमिकता दिइनुपर्ने सवालमा विज्ञ र शिक्षकका सुझाव पनि लिइएको सम्पादक राजेन्द्र दाहालले जानकारी दिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशमा आजबाट ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण