शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

अवतारको पाँचौ भाग समेत आउने

आइतबार, ०५ वैशाख २०७३, १७ : ५८
आइतबार, ०५ वैशाख २०७३

काठमाडौं – सन् २००९ को सुपरहिट चलचित्र अवतारको पाँचौ भाग समेत रिलिज हुने घोषणा गरिएको छ । यसअघि चलचित्रको तीन नयाँ सिक्वेल बनाउने निर्माण पक्षले बताएको थियो । तर निर्देशक जेम्स क्यामरुनले ३ वटा सिक्वेलमा यस चलचित्रको कथावस्तु पूर्ण नहुने भन्दै पाँचौ सिक्वले बनाउने घोषणा गरे । पाँचौ सिक्वेल २०२३ मा रिलिज हुने घोषणा क्यामरुनले गरेका छन् । सन् २००९ मा रिलिज भएपछि अहिलेसम्म अवतारले २ दशमलव ७ बिलियन डलर कमाइसकेको छ । व्यापारिक रुपमा यो अहिलेसम्मकै विश्वकै सर्वाधिक सफल चलचित्र हो । यसको पहिलो सिक्वेल २०१८ मा रिलिज हुनेछ । त्यसपछि २०२० मा दोस्रो, २०२२ मा तेस्रो र २०२३ मा चौथो सिक्वेल अर्थात पाँचौ भाग रिलिज हुनेछ । फिल्मका विषयमा कुरा गर्दै निर्देशक क्यामरुनले भनेका छन् : म पछिल्ला केही वर्ष चारजना लेखकहरुको टिममा रहेर काम गर्दैछु । उनीहरु निकै उच्चस्तरका छन् । त्यस्तै चरित्र, वातावरण र नयाँ कल्चर पनि यो चलचित्रमा देखिएको छ । मैले देखेको कला पूर्ण काल्पनिक हुनेछ । पहिलो चलचित्रभन्दा निकै फरक हुनेछन् आउने सिक्वेलहरु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप