शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

ओलीले किन बनाए लोकेन्द्र बहादुर चन्दका छोरा जयन्तलाई मन्त्री ?

आइतबार, ०५ वैशाख २०७३, १८ : ३१
आइतबार, ०५ वैशाख २०७३

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि मन्त्रीमण्डल विस्तार गरेका छन् । ओलीले राप्रपा नेता जयन्त चन्दलाई वाणिज्यमन्त्रीको रुपमा नियुक्ति गरेका हुन् ।

उनले आजै राष्ट्रपति विद्या भण्डारीबाट पद तथा गोपनियताको सपथ लिए । सांसद समेत रहेका चन्द राप्रपा अध्यक्ष लोकेन्द्र बहादुर चन्दका छोरा हुन् । राप्रपाको भागमा दुई मन्त्री परेकामा दीपक बोहरा मात्रै मन्त्री भएका थिए भने उनी एक्लैले श्रम र वाणिज्यमन्त्तालय चलाउँदै आएका थिए । चन्द मन्त्री भएसँगै बोहराले श्रम मन्त्रालय चलाउने छन् ।

किन बनाए ओलीले चन्दलाई मन्त्री ? १२ सांसद संख्या रहेको राप्रपाले दुईमन्त्री भागमा पाएकोमा मन्त्रीको लागि बोहरासहित चन्दको नाम एकैपटक सिफारिस गरेको थियो । तर, ओलीले बोहरालाईमात्रै मन्त्री बनाए । पार्टीको सिफारिस अनुसार लामो समयसम्म पनि चन्दलाई ओलीले मन्त्रीको सपथ नखुवाएपछि प्रधानमन्त्रीसँग लोकेन्द्रबहादुरले सार्वजनिक रुपमै असन्तुष्टि जनाएका थिए । साताअघि धनगढीमा आयोजित कार्यक्रममा उनले ओली सरकारले जनताको पक्षमा काम गर्न नसकेको भन्दै पार्टीले अब सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका थिए । उनले ओली सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाएपनि छोरालाई मन्त्री नबनाएकैले यसरी आक्रोश पोखेको स्रोतको दाबी छ । चन्दको अभिव्यक्तिसँगै ओलीले उनलाई खुसी पारेर सत्ता गठबन्धन बलियो पारिराख्न अन्तिम समयमा आएर मन्त्री बनाएको राप्रपा नेपाल निकट स्रोतको दाबी छ । यसो त आन्तरिक विवाद रहेकै कारण राप्रपाले मन्त्रीका लागि चन्द र बोहराको नाम समेत ढिला गरि पढाएको थियो ।

यसैबीच चन्दलाई मन्त्री बनाउने विषयमा पार्टीभित्रै पनि विवाद रहेकाले पनि उनलाई ओलीले सपथ खुवाउन ढिलाई गरेको बताइन्छ । स्रोत भन्छ– दीपक बोहरा चन्दलाई मन्त्री बन्नबाट रोकेर आफैं दुबै मन्त्रालय सम्हाल्न चाहन्थे । सोहि राणनीतिअनुसार उनले प्रधानमन्त्रीलाई समेत प्रभावमा पारेका थिए ।’ उनलाई मन्त्री बन्ने आशमा रहेका अख्तियारको छानबिनमा परेका विक्रम पाण्डेले समेत सघाएको स्रोत बताउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप