भक्तपुरको औद्योगिक व्यापार मेला सम्पन्न, ५ करोडभन्दा बढीको कारोबार
भक्तपुर - भक्तपुरको सल्लाघारीमा २७ गते बुधबारबाट सुरु भएको भक्तपुर औद्योगिक, साँस्कृतिक पर्यटन तथा व्यापार मेलाको १२ दिनसम्ममा ५ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको आयोजकले जनाएका छन् । १२ दिनसम्म सञ्चालन भएको मेलामा दैनिक उपभोग्य सामग्रीका साथै बालबालिका तथा युवाका लागि विविध खेल सामग्री र ख्याति प्राप्त कलाकारहरुद्वारा सांगीतिक प्रस्तुति राखिएको मेलाको १ लाख भन्दा धेरै मानिसले सहभागीले मेलाको अवलोकन गरेको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष संदिप महतले जानकारी दिए । स्टलमा खाद्यान्नका सामग्रीहरु, अटोमोबाइल्स, विभिन्न्न प्रकारका लत्ताकपडाहरु, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामग्रीहरु, भाँडाकुडाका सामग्रीहरु, पर्यटन प्रवद्र्धन गर्ने स्टल लगायत २ सय स्टल रहेको मेलाका संयोजक दिपक थापाले बताए । मेलामा बिक्री गरिने सामानहरुमा २५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिएको बताउँदै उनले मेलामा आउनेहरुका लागि निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरेको बताए । मेलामा चार दर्जनभन्दा बढि राष्ट्रिय स्तरका कलाकारहरुको हाँस्य व्यङ्ग्य सहितका मनोरञ्जनात्मक प्रस्तुती रहेकाले पनि सहभागीहरुको आकर्षण बढेको हो । मेलामा लोक तथा आधुनिक गायिका कोमल ओली, कलाकार सिताराम कट्टेल (धुर्मुस), कुन्जना घिमिरे, गायिका सरिता प्रजापति, गायक बिजय लामालगायतले आफ्नो प्रस्तुती मार्फत सहभागिलाई आकर्षित गरेका थिए । हरेक दिन व्याण्ड प्रतियोगिता, डान्स प्रतियोगिता, तथा बिबोईङ प्रतियोगिता र अन्य मनोरञ्जनात्मक कार्यक्रमहरुको समेत आयोजना हुने मेलामा भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका बासिन्दा मेलामा सहभागी भइरहेको आयोजक मध्यपुर ब्वाइज व्याण्डका अध्यक्ष सुनिल बज्राचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशमा आजबाट ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण