शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सांसद खतिवडाद्वारा आगलागी पिडितलाई ८४ हजार सहयोग

आइतबार, ०५ वैशाख २०७३, १८ : ५७
आइतबार, ०५ वैशाख २०७३

ओखलढुंगा  – ओखलढुंगाको सिंहदेबि र रानिबनमा केहि समयअघि आगेको आगलागी कारण पिडित बनेका परिवारलाई नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सांसद रामहरि खतिवडाले राहात स्वरुप नगद बितरण गरेका छन् । सांसद खतिवडाले आगोले खण्डहर भएको बस्तीमै पुगेर १४ घरपरिवार आगलागी पिडितलाई प्रति परिवार ५ पाँच हजारका दरले नगद बितरण गरेका हुन् । काठमाण्डौबाट नगद बाढ्न आजै सिंहदेबि आएका सांसद खतिवडाले आफ्नो एक महिना बराबरको तलब आगलागी पिडितलाई बितरण गरेको बताए । उनले सांसद भएदेखिनै आफ्नो मासिक तलब जिल्लाका बिभिन्न गाबिसका बिकाश निमार्ण तथा सामाजीक कार्यमा खर्च गर्दै आएका छन् । सोहि क्रममा यो महिनाको तलब बापदको रकम सिंहदेखि र रानीबनका आगलागी पिडितलाई बितरण गरिएको उनको भनाई छ ।

आगलागी पिडित परिवारका लागी प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारीसँगको समन्वयनमा फोर्ड नेपाल नामक संस्थाबाट प्रति परिवार २ बन्डलका दरले जस्तापाता बितरण गर्र्ने पनि निर्णय भएको सांसद खतिवडाले बताए । आगलागी पिडित परिवारले बिभिन्न संघ सस्थाबाट राहातको अपेक्षा गरेका भन्दै सांसद खतिवडाले यस्तोबेला सहयोग गरिदिन आग्रह पनि गरे । २ गाबिसको सिमानामा केहि समय अघि १२ दिन आगलागी हुदाँ सिंहदेबिको १३ तथा रानिबनको १ घर जलेर नष्ट भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप