शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

महिला लिग फुटबलः मध्यपश्चिमाञ्चललाई नेपाल पुलिसको १३ गोल

आइतबार, ०५ वैशाख २०७३, १९ : ३८
आइतबार, ०५ वैशाख २०७३

काठमाडौँ - नेपाल पुलिस क्लबले मध्यपश्चिमाञ्चल महिला फुटबल टोलीलाई पराजित गर्दै राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० कम्प्लेक्सको खेल मैदानमा आज भएको उद्घाटन खेलमा पुलिसले मध्यपश्चिमाञ्चललाई १३–० को फराकिलो गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो ।

प्रतियोगितामा पुलिसकी निरु थापा र सिर्जना खड्काले ह्याट्रिक पूरा गरे । निरुले खेलको ९, १३ र २४औँ मिनेटमा तीन गोल गरिन् भने सिर्जनाले खेलको २६, ५४ र ८९ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक गरिन् । त्यसैगरी, पुलिसकी अर्की खेलाडी निसा सुनुवारले चार गोल थपिन् । उनले खेलको १८, ३१, ३४ र ४२ औँ मिनेटमा चार गोल गरेकी हुन् । त्यस्तै, अमृता जैसीले २३ औँ, रुपा मगरले २८ औँ तथा यशोदा लामाले खेलको ८३औँ मिनेटमा एक एक गोल गरे ।

उक्त प्रतियोगिताका विजेता टोलीले रु दुई लाख प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु एक लाख प्राप्त गर्नेछ । त्यसैगरी, प्रतियोगितामा उत्कृष्ट गोलकिपर, फर्वार्ड, मिडफिल्डर, डिफेन्डर तथा प्रशिक्षकले जनही रु २५ हजार प्राप्त गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप