शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

शिक्षा मन्त्रीको निमन्त्रणमा युनेष्कोका महानिर्देशक इरिना काठमाडौमा

आइतबार, ०५ वैशाख २०७३, १९ : ४५
आइतबार, ०५ वैशाख २०७३

काठमाडौ – शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको निमन्त्रणामा संयुक्त राष्ट्र संघीय नियोग यूनेष्कोका महानिर्देशक (डाईरेक्टर जेनेरल) इरिना बोकोभा तीन दिने नेपाल भ्रमणका लागि आईतबार राजधानी आइपुगेकी छिन् । नेपालले नयाँ शिक्षा नीतिको तयारी गरिरहेको सन्दर्भमा मन्त्रि पोखरेलको निमत्रणामा आएकी महानिर्देशकको भ्रमणलाई महत्वका साथ हेरिएको छ । उनले भोलि विहान ९ः०० बजे मन्त्रि पोखरेलसँग मन्त्रालयमा भेट गर्ने कार्यक्रम छ । नेपालमा रहँदा उनले राष्ट्रपति, प्रधानमन्त्रीलगायतका विशिष्ट व्यक्तिहरुसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनले मंगलबार लुम्बिनीको पनि भ्रमण गर्ने कार्यक्रम रहेको मन्त्री पोखरेलका प्रेस संयोजक राजेश चाम्लिङ राईले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप